१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बरहथवा नगरपालिका–१७ मा पुनः मतदान हुने

अ+ अ-

सर्लाही ।सर्लाहीको बरहथवा नगरपालिका–१७ मा पुनः मतदान हुने भएको छ ।

निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिए ।

उनका अनुसार निर्वाचन अधिकृतको कार्यालय बरहथवाले सर्वदलीय बैठक राखेर त्यहाँ मतदानको मिति तोक्ने छ ।

जनता समाजवादी पार्टीले आफू पक्षीय मतदातालाई शुक्रबार बिहानै मतदान गराएपछि मध्याह्नदेखि भने अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको नेपाली काँग्रेस, नेकपा (एमाले), जनमत पार्टी र स्वतन्त्र उम्मेदवारले आरोप लगाएका छन् ।

उनीहरूले निर्वाचन अधिकृतको कार्यालय बरहथवामा दर्ता गराएको संयुक्त लिखित निवेदनमा जसपाका उम्मेदवार रामविश्वास राय लगायतले नेकपा (माओवादी केन्द्र)का वीरेन्द्र राय लगायतलाई मरणासन्न हुने गरी कुटपिट गरेको उल्लेख गरिएको छ ।

सो वडाको आधारभूत विद्यालय परोरिया मतदान स्थलअन्तर्गत दुई मतदान केन्द्रमा जम्मा १ हजार ९५४ मतदाता भए पनि त्यहाँ शुक्रबार साँझसम्म ३७२ मत मात्र खसेको थियो ।

वडाको विवादका कारण बरहथवा नगरपालिकाको मतगणना हुन सकेको थिएन ।

बरहथवाका निर्वाचन अधिकृत दशरथ पङ्गेनीले प्रचलित ऐन नियमअनुसार सर्वदलीय बैठक राखेर सो वडामा पुनः मतदानको मिति तय गरिने छ ।

प्रतिक्रिया दिनुहोस