१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फिदिमको प्रमुखमा काँग्रेस, उपप्रमुखमा माओवादी केन्द्र विजयी

अ+ अ-

पाँचथर । पाँचथरको फिदिम नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

प्रमुखमा काँग्रेसका मित्रप्रसाद काफ्ले र उपप्रमुखमा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने विजयी भएका हुन् । काफ्लेले नौ हजार ८५५ मत प्राप्त गरे ।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पृथ्वी लावतीलाई ६०५ मतान्तरले पराजित गरेका हुन् । लावतीले नौ हजार २८० मत प्राप्त गरे ।

प्रमुखमा मङ्गोल नेशनल अर्गनाइजेसनका हरिचन्द्र नेम्वाङले २८८, जनता समाजवादी पार्टीका विष्णुकुमार लावतीले २७४, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका देउकुमार नेम्वाङले ७७ मत र राष्ट्रिय जनमुक्ति पार्टीका सनम तुम्बापोले २६ मत प्राप्त गरे ।

यस्तै नगर उपप्रमुखमा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने नौ हजार ३६ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद थापा मगरले पाँच हजार ६४३ मत प्राप्त गरे ।

जनता समाजवादी पार्टीकी भावना सुब्बाले ५३५, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सुनिता केरुङले १९५ र नेकपा (माले)की पुण्यमाता घिमिरेले ३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फिदिम नगरपालिकामा काँग्रेस र एमालेबाट समान चार/चार वडाध्यक्ष निर्वाचित भएका छन् ।

एमालेले वडा नं १, २, ११ र १२, काँग्रेसले वडा नं ३, ५, ७ र ९, माओवादी केन्द्रले वडा नं ८, १३ र १४, राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा नं ४ र १० मा जित हासिल गर्‍यो । वडा नं ६ मा स्वतन्त्र उम्मेदवार विजयी भए ।

प्रतिक्रिया दिनुहोस