२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनीका शिक्षामन्त्री १२ को परीक्षा दिँदै, प्रदेश सभाको रेकर्डमा स्नातक उत्तीर्ण !

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री बसिउद्दीन खानले अहिले कक्षा १२ को परीक्षा दिँदैछन् । उनले यसअघि प्रदेशसभा सचिवालयलाई बुझाएको शैक्षिक योग्यतामा स्नातक उत्तीर्ण भएको उल्लेख छ ।

मन्त्री खान मायादेवी गाउँपालिका वडा नम्बर ५ को हाजीयनातुल्ला माविमा कक्षा ११ र १२ मा भर्ना भएका थिए । शिक्षा सङ्कायमा भर्ना भएका उनले अहिले परीक्षा दिँदैछन् ।

उनको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ९ खुदाबगरस्थित खुदाबगर आदर्श माविमा परीक्षा केन्द्र परेको छ ।मन्त्री खानले पहिलो दिन अंग्रेजी विषयको परीक्षामा सहभागी भएपनि त्यसपछि गएका छैनन् ।

खुदाबगर आदर्श माविका प्रअ तथा केन्द्राध्यक्ष प्रकाश शुक्लाले मन्त्री खान अंग्रेजीको परीक्षामा सहभागी भएपनि त्यसपछि नआएको बताए ।

‘पहिलो दिन आएर परीक्षा दिनुभएको हो, त्यसपछि के पर्‍यो खै आउनुभएको छैन, केही समस्या परेर होकी जानकारी भएन’-शुक्लाले भने । स्थानीय एक नेताले सरकारको नीति तथा कार्यक्रम र बजेटका तयारीमा लाग्नुपरेकाले परीक्षामा आउन नपाएको हुनसक्ने बताए ।

खान नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नं ४ (२)बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् । ३९ वर्षीय खानले पुनः अध्ययन थालेपछि यहाँका स्थानीय उत्साहित भएका छन् ।