८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टीकापुर नगरद्वारा सार्वजनिक स्थानमा जथाभाबी थुपारिएका निर्माण सामग्री हटाउन सुरु

अ+ अ-

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले सार्वजनिक स्थानमा जथाभाबी थुपारिएका निर्माण सामग्री हटाउन सुरु गरेको छ ।

निर्माण कम्पनी तथा विभिन्न व्यवसायीले नगरपालिकाको चोक, चौराहा, खुला स्थान तथा बाटोको छेउछाउमा अनधिकृतरूपमा थुपारेका ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल, माटोजस्ता निर्माण सामग्री बुधबारदेखि हटाउन सुरु गरेको हो ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गरी पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने निर्माण व्यवसायीका निर्माण सामग्री हटाउन सुरु गरेको नगरप्रमुख रामलाल डगौरा थारुले बताए ।

‘निर्माण सामग्री जथाभाबी राख्दा बजारको सौन्दर्यतामा असर परेको गुनासा धेरै आए, त्यसका साथै दुर्घटना बढेका, निर्माण सामग्री हावाहुरीले उडाउँदा विभिन्न स्वास्थ्य समस्या बढेका गुनासा आउन थाले’, उनले भने, ‘हामीले पटक–पटक सूचना गरेर सामग्री हटाउन अनुरोध गर्‍यौँ, सबैलाई पहिलो चरण, दोस्रो चरण अनुगमन गरेर हटाउन समय पनि दियौँ, अटेर गर्नेहरूको सामान अब आफैँले व्यवस्थापन गर्न थालेका छौँ ।’

उनले अटेर गर्नेहरूका सामग्री नगरपालिकाले आवश्यक भएका ठाउँमा सदुपयोग गर्ने जानकारी दिए । ‘धेरै व्यवसायीले नगरपालिकाको सूचनापछि हटाउनुभएको छ, केहीले अटेर गर्नुभएको हो’, उनी भन्छन्, ‘जथाभावीरूपमा राखिएका सामग्रीले नगरपालिकाको स्वरुप नै बिगारेका कारण खाली गराउने नगरपालिकाको अभियान जारी रहनेछ ।’

नगर उपप्रमुख खड्कबहादुर शाहले पटक–पटक सामग्री उठाउन ताकेता गर्दा पनि केही व्यवसायीले अटेर गर्दा कारबाहीस्वरुप सामग्री उठाउनुपरेको बताए । ‘नगरपालिकाले सञ्चालन गरेको यो अभियानमा सबैलाई सहभागी भई नगरको सुन्दरता बढाउने कार्यमा सघाउन आग्रह गर्छु’, उनले भने, ‘नगरपालिकाका खुला ठाउँ हराभरा बनाउने अभियान छ ।’

टीकापुर –१ भित्र ३२ स्थानमा अनधिकृतरूपमा ढुङ्गा, गिट्टी, बालुवा, माटो र ग्राभेल थुपारेको तथ्याङ्क नगरपालिकासँग छ । यीमध्ये केही निर्माण व्यवसायीले नगरपालिकाले हटाउने सूचना जारी गर्दा आफैँ हटाउन सुरु गरेका छन् ।

त्यसमध्येका एक जना निर्माण व्यवसायी पूर्णबहादुर ठकुल्लाले आफूले पनि पहिले सडकको छेउछाउमा निर्माण सामग्री थुपारेको र अहिले त्यसलाई हटाउन थालेको बताए ।

‘मैले पनि नगरपालिकाका खुला ठाउँमा सामग्री राखेको थिए । नगरपालिकाले सूचना गरेपछि हटाउन थालेको छु’, उनले भने, ‘नगर सुन्दर बनाउने अभियान हाम्रो पनि हो । अबको दुई दिनभित्र आफूले थुपारेको सबै सामग्री हटाइसक्नेछु ।’

केही निर्माण व्यवसायी भने निर्माण सामग्री हटाउनुको साटो उल्टै वादविवादमा उत्रिएका छन् । निर्माण व्यवसायी वादविवादमा उत्रिँदा नगरपालिकाको सामग्री उठाउन गएको नगरप्रमुख र उपप्रमुखसहितको टोली र निर्माण व्यवसायीबीच बुधबार केही समय भनाभनसमेत भएको थियो । सामान उठाउन अटेर गरी भनाभनमा उत्रिएका निर्माण व्यवसायी टीका रावललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

व्यवसायी रावललाई केही दिनभित्र सार्वजनिक स्थानमा रहेका आफ्ना सबै निर्माण सामग्री हटाउने प्रतिबद्धतापछि सम्झाई–बुझाई छोडिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । नगरपालिकाले उठाएका निर्माण सामग्रीहरू नगरपालिकाले सार्वजनिक काम नै लगाउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस