९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्पले भत्काएका भग्नावशेष हातले पन्छाएर उद्धार !

अ+ अ-

गायन । दशकौँको आन्तरिक युद्धका कारण तहसनहस भएको अफगानिस्तान प्राकृतिक विपत्तिको चपेटामा परेको छ । बुधबारको भूकम्पले देशका धेरै भूभाग क्षतविक्षत भएका छन् ।

भूकम्पमा परी एक हजारभन्दा बढीको ज्यान गएको र एक हजार पाँच सयभन्दा बढी घाइते भएका छन् । घाइते तथा मृतकको सङ्ख्या बढ्न सक्ने सरकारी अधिकारीहरूले बताएका छन् । पक्तिका प्रान्तको गायन जिल्ला सबैभन्दा धेरै प्रभावित भएको छ ।

भूकम्पले भत्काएका भग्नावशेषमा मानिसहरूको खोजी भइरहेको छ । बाँचेकाहरू घरायसी उपकरण लिएर खोजी तथा उद्धारमा जुटेका छन् । उनीहरू हातले भग्नावशेष हटाइरहेका छन् । तालिबान र उनीहरूको नियन्त्रणबाट भागेका अन्तर्राष्ट्रिय समुदाय भूकम्प पीडितहरूलाई सघाउन सङ्घर्ष गरिरहेका छन् ।

बढ्दो गरिबी र भोकमरीका बीच थपिएको यो विपत्तिमा अफगानीहरू अन्तर्राष्ट्रिय समुदायको मुख ताकेर बसेका छन् भने बाह्य सहायता पनि मन्द गतिमा प्राप्त हुन थालेको छ । छिमेकी पाकिस्तानबाट केही राहत सामग्री प्राप्त भएको छ ।

दश महिनाअघि उत्तर एटलाण्टिक सन्धि सङ्गठन ९नाटो० र अमेरिकी सेना फिर्ता भएसँगै देशको स्वास्थ्य प्रणाली ध्वस्त भएको छ । तालिबान शासन सुरु भएयता अन्तर्राष्ट्रिय वित्तीय सहयोग पनि लगभग रोकिएको छ । भूकम्प पीडितहरूले अन्तर्राष्ट्रिय मानवीय सहायताका निम्ति आह्वान गरेका छन् ।

उनीहरूले भग्नावशेष हातले पन्छाएर पुरिएकाहरूलाई जीवितै उद्धार गर्न कठिन हुने पीडादायी परिस्थितिबारे जानकारी पनि गराएका छन् ।

प्रतिक्रिया दिनुहोस