२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५५ वर्षअघि पाटनबाट चोरिएको विष्णु मूर्ति न्यूयोर्कमा

अ+ अ-

काठमाडौँ । आजभन्दा ५५ वर्षअघि चोरिएर अमेरिका पुगेको भगवान् विष्णुको मूर्ति अमेरिकाको न्यूयोर्कस्थित सबैभन्दा व्यस्त संग्रालयमा फेला परेको छ ।

न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा फेला परेको विष्णुको उक्त मूर्तिलाई पन्ध्रौं शताब्दीमा निर्माण भएको कला मानिन्छ ।

हराएकारचोरिएका कला–सम्पदाबारे सोधखोज र पहिचानमा संलग्न अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’ ले दिएको जानकारीमा पाटनस्थित एक मन्दिरबाट चोरिएको भनिए पनि यो सम्पदा रहेको मन्दिरको अवस्थिति भने खुलाइएको छैन ।

अभियानका अनुसार यो सम्पदाबारे ‘आर्कियोलोजिकल सर्भे अफ इन्डिया’मा समेत उल्लेख गरिएको छ । नेपालबाट चोरेर बाहिरी मुलुकमा लगिएकामध्ये अघिल्लो चरणमा तेस्रो मुलुक पुर्‍याइएको यो पुरातात्त्वक सम्पदा सन् १९६७ मै अमेरिका पुगिसकेको थियो ।

यसअघि पनि मेट्रोपोलिटन म्युजियम अफ आर्टमा रहेका उमामहेश्वर (पाटन), बुद्धमूर्ति (यट्खा) लगायत केही मूर्तिलाई नेपाल फर्काइसकिएको छ । मेट्रोपोलिटन म्युजियममा दर्जनौँ पुरातात्त्विक नेपाली सम्पदाहरू थन्किएर वा प्रदर्शनीमा रहेको सूचना बाहिर आइसकेको छ ।