२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय चुनावमा राम्रो नतिजा आएको भए राजीनामा दिने थिएन : रवीन्द्र

अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले आफूले दिएको राजीनामा अढाई महिनापछि स्वीकृत भएको र नेतृत्व हस्तान्तरण भएको भन्दै त्यसबाट राहत मिलेको बताएका छन् ।

स्थानीय निर्वाचनमा अलि राम्रो नतिजा आएको भए आफूले राजीनामा नदिने स्पष्ट पार्दै उनले भनेका छन्, ‘प्रस्ट छु: स्थानीय निर्वाचनमा अलि राम्रो नतिजा आएको भए राजीनामा दिने थिइन । तर नतिजा अति नराम्रो भयो। राजीनामा दिएँ । वास्तविकता यही हो । हल्ला धेरै किसिमको चलाइयो ।’

उनले सामाजिक सञ्जालमा थप लेखेका छन्, ‘अन्तत्वगत्वाः अढाई महिनापछि साथीहरूले राजीनामा स्वीकृत गरिदिएका छन् र नेतृत्व हस्तान्तरण भएको छ। त्यसबाट राहत मिलेको छ। नयाँ नेतृत्वलाई हृदयदेखिको शुभकामना अर्पण गर्दछु ।’

भोटको लागि भन्दा देशको लागि राजनीति गर्न खोज्दा अलि दुख पाइएको र यो स्वभाविक रहेको उनले बताएका छन् । ‘आउँदा दिनहरूमा म पार्टीभित्र र बाहिर मेरा दृष्टिकोणहरूबारे सक्दो व्याख्या गर्ने प्रयास गर्नेछु । विश्वास दिलाउन प्रयास गर्नेछु । सकेँ भने, सकिहालेँ, सकिन भने मुस्कुराउन र थप प्रयास गर्न छोड्ने छैन । गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो १’, उनले लेखेका छन् ।

राजीनामापछि पनि अझ ठुलो चुनौतीको पहाड चढ्ने बताउँदै उनले देशको रूपान्तरणका लागि राजनीतिक(सामाजिक रूपमा ‘मडरेट कन्जरभेटिभ’ धारका सम्पूर्ण व्यक्ति, समूह र पार्टीहरू एक ठाउँमा आउनै पर्नेमा जोड दिएका छन् । मिश्रले विचार मिल्नेहरूलाई सम्पर्क गर्न आह्वान गरेका छन् ।

‘आजसम्म मैले जे देखेँ, भोगेँ, बुझेँ, पढेँ, त्यसबाट म पुगेको निष्कर्ष के हो भने, नेपालमा राजनीतिक–सामाजिक रूपमा ‘नरम संवर्धनवादी र अर्थ–राजनीतिक रूपमा उदार ‘कल्याणकारी’ बाटो नअपनाएसम्म यो देश मरिगए रूपान्तरण हुँदैन,’ उनले लेखेका छन्, ‘यी दुई दर्शनलाई समिश्रण गर्न सक्ने विश्वासिलो पार्टी नेपालमा छैन। एजेण्डामात्र उठाएर पुग्दैन। त्यसका लागि विश्वासिलो शक्ति नै निर्माण गर्नु पर्ने हुन्छ ।’