२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोल्पाको सामुदायिक विद्यालयमा ३ बेडको हेल्थ डेस्क सञ्चालनमा

अ+ अ-

रोल्पा । रोल्पाको एक सामुदायिक विद्यालयमा ३ बेडको हेल्थ डेस्क सञ्चानलनमा आएको छ ।

रोल्पा सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माबिले ३ बेड सुविधासहितको हेल्थ डेस्क सञ्चालनमा आएको हो ।

हेल्थ डेस्कमा २ जना स्वास्थ्यकर्मी कार्यरत छन् । विद्यालयले आफ्नै स्रोतबाट तलब सुविधा दिने गरि एक जना नर्स नियुक्त गरेको छ ।

यसका साथै लुम्बिनी प्रदेश सरकारले अघिल्लो वर्षदेखि एक जना अनमी उपलब्ध गराएको छ । विद्यालयको हेल्थ डेस्कमा उनीहरुले सेवा दिइरहेका छन् ।

उनीहरुले विद्यार्थीको नियमित सामान्य चेकजाँचका साथै विभिन्न स्वास्थ्य तथा सचेतनामुलक कार्य गर्दछन् ।

पोषणयुक्त खानेकुराको महत्व बुझाउँदै विद्यार्थीहरुलाई त्यस्ता खानाको प्रयोगमा जोड दिने काममा नर्सलाई जिम्मेवारी दिइने भएको छ ।

विद्यालयमा स्वास्थ्य उपचारका लागि आवश्यक संपूर्ण उपकरण र औषधि पनि विद्यालय स्वयमले खरिद गर्ने गर्दछ ।

विद्यालय स्वास्थ्यको सबै खाले सेवा र व्यवस्थापन नर्सहरुले गर्नेछन् । किशोरकिशोरीहरुको प्रजनन तथा यौन स्वास्थ्यका बारेमा सचेतीकरण, महिनावारी व्यवस्थापन, हिंसाबाट बालबालिकालाई कसरी बचाउने भन्ने, सिप हस्तान्तरणको जिम्मेवारी पनि नर्सको हुने बताइएको छ ।

विद्यालय खानेपानी तथा सरसफाइ संचालन र व्यवस्थापन, विद्यालयस्तरबाटै जुकाको औषधि वितरण, खोप कार्यक्रम र स्वास्थ्य शिक्षा संचालन गर्नेछन् ।

विद्यालयमा प्राथमिक उपचार र आवश्यकता अनुसारको स्वास्थ्य परीक्षणको जिम्मेवारीसमेत दिइएको छ ।

विद्यालय नर्स कार्यक्रमको मापदण्डअनुसार सामान्य उपचार तथा परामर्श र औषधि वितरणको काम हेल्थ डेस्कबाट हुने गर्दछ । थप उपचार गर्नु परे नजिकको सरकारी स्वास्थ्य केन्द्रमा पठाउने गरेको विद्यालयको भनाइ छ ।