२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेरो चरित्र हत्या गर्न खोजियो, कानुनी प्रक्रिया अघि बढाउँछु : महेश बस्नेत

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद महेश बस्नेतले आफ्नो चरित्र हत्या गरेको भन्दै कानुनी कारबाहीमा जाने बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमा महेश बस्नेतलाई माओवादी केन्द्रको भ्रातृ संस्था वाइसिएलले कुटेको भन्दै राखिएको भिडिओ भाइरल भइरहेको छ। उक्त भिडिओमा आफू नभएको भन्दै बस्नेतले गलत भिडिओ हालेर चरित्र हत्या गरिएको बताएका हुन्। 

मंगलबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै बस्नेत अफवाह फैलाएर आफ्नो चरित्र हत्या गर्नेहरूविरूद्ध कानुनी कारबाहीको प्रक्रियामा जाने जानकारी दिएका छन्।

अहिले फेसबुकमा सेयर भइरहेको भिडिओ गत स्थानीय चुनावका क्रममा सिन्धुपाल्चोक चौतारा नगरपालिकामा माओवादीबाट मेयरको टिकट कृष्णप्रसाद सापकोटालाई दिएपछि मनोनयन दर्ता गर्न जाने क्रममा माओवादीकै अमान सिंह तामाङ र सापकोटा पक्षका कार्यकर्ताबीच भएको विवादको भिडिओ भएको बस्नेतले उल्लेख गरेका छन्। 

उक्त विवादको भिडिओलाई माओवादी केन्द्रका केही व्यक्तिहरूले महेश बस्नेतलाई कुटपिट गरेको भन्दै गरेको झुटो प्रचार गरेको भन्दै  बस्नेतले आपत्ति जनाएका छन्।

‘माओवादी केन्द्रका अराजक तत्त्वहरू केशव थुलुङ्ग, एसपी रेग्मी लगायतले सामाजिक सञ्जालको दुरुपयोग गरी झुटो प्रचार गरिएकोमा हाम्रो गम्भीर आपत्ति छ,’ उनले भनेका छन्,‘ आम हाम्रो शुभचिन्तक तथा पार्टी कार्यकर्तालाई भ्रममा नपर्न अपिल गर्दै, सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिगत चरित्र हत्या गर्ने अराजक यस्ता तत्त्वहरूलाई कानुनी कारबाही गर्नेछौँ। तत्काल साइबर क्राइममा जानकारी गराई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने समेत सम्पूर्णलाई जानकारी गर्दछु।’

बस्नेतले पछिल्लो समय काठमाडौं महानगरका मेयर बालेन शाहबारे दिएको अभिव्यक्ति विवादमा परेको थियो।