१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक भासिँदा बागलुङ-बेनी सडकमा यातायात प्रभावित

अ+ अ-

म्याग्दी । बेनी नगरपालिका-१ को रइनेडाँडामा सडक भासिएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ-बेनी सडकमा यातायात सेवा प्रभावित बनेको छ ।

स्तरोन्नतिको क्रममा रहेको पर्वतको कुश्मा नगरपालिका-१ बाट जलजला गाउँपालिका हुँदै म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक विस्तारका लागि बन्द गरिने र धेरै ठाउँमा पहिरो तथा हिलोका समस्या भएकाले म्याग्दी र मुस्ताङ आवतजावत गर्ने धेरै सवारीसाधनले विकल्पमा बागलुङ–बेनी सडक प्रयोग गर्दै आएका छन् ।

पहिराका कारण सडक दबेर भासिएपछि हिलोमा सवारीसाधन फस्ने र उकालो चढ्न नसक्दा यातायातका साधन सञ्चालनमा कठिनाइ भएको छ । एक हप्तायता रइनेडाँडाको पहिराले दैनिकजसो घण्टौँसम्म बेनी–बागलुङ सडक अवरुद्ध हुन थालेको सवारी चालक गोविन्द बानियाँले बताए ।

‘ट्याक्सी, मोटरसाइकल र जिपलाई धकेलेर, तानेर पहिराको सडक पार गराए पनि बस, ट्रक, माइक्रोबस हिलो र चिप्लो अनि उकालो सडक उक्लन नसकेर जाम हुने गरेको छ’, उनले भने, ‘दुर्घटनाको जोखिमका साथै सास्ती भएको छ ।’

सोमबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म सो ठाउँमा सडक अवरुद्ध बनेको थियो । दैनिकजसो यस्तै समस्या हुने गरेको यातायात व्यवसायी र यात्रुले बताएका छन् । यात्रु प्रकाश अधिकारीले यात्रु समयमा गन्तव्यमा पुग्न नसकेर बिचल्लीमा परेका बताए ।

‘जङ्गलको बीचमा घण्टौँ जाममा फस्नुपर्दा खानेकुरा र पानी नपाउने, शौचालयको समस्या छ’, उनले भने, ‘बिरामीलाई समयमा अस्पताल पुर्याउन समस्या भएको छ । वृद्धवृद्धा, बालबालिकाको झनै बिचल्ली भएको छ ।’

केही दिनयता रुइनेडाँडाको पहिरो सक्रिय भएर करिब २० मिटर सडक भासिएर ग्रेड नमिलेको र बेनीबाट बागलुङतर्फ जानेक्रममा सवारीसाधन उक्लन नसकेर फस्ने गरेका बेनपा–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताए ।

‘पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नतिको क्रममा रहेको सडकका ठेकेदार र नगरपालिकाले भाडामा लिएको ब्याकुहोलोडर प्रयोग गरेर फसेका सवारीसाधन निकाल्ने र मर्मत गर्ने गरेका छौँ’, उनले भने,’आज बनायो, भोलि फेरि उस्तै हुन्छ । डोजरलाई यहीँ तयारी अवस्थामा राखेर तत्कालै मर्मतको व्यवस्था मिलाउन पहल गरेका छौँ ।’ कालीगण्डकीको किनारबाट सडकभन्दा माथिसम्म पहिरो छ । यसलाई नियन्त्रणका लागि छुट्टै योजना माग गर्ने वडाध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस