२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोबाइल एप सार्वजनिक

अ+ अ-

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोनका लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मोबाइल एप्लिकेसनलाई डाउनलोड गरी उक्त एपलाई सार्वजनिक गरेका हुन् ।

परिस्कृत र नयाँ सुविधाहरुसहित सार्वजनिक गरिएको मोबाइल एप्लिकेसन एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ । ग्राहक र अभिकर्ता दुवैले एउटै एप्लिकेसनमार्फत लाभ लिन सक्नेछन् ।

सर्वप्रथम एपलाई एप स्टोर वा प्ले स्टोरबाट डाउनलोड गरी आफ्नो रजिस्टर्ड फोन नम्बरका माध्यमबाट आफूलाई रजिस्टर गरी लगइन गर्न सकिनेछ । एप्लिकेसनमा एकैजनाको एकभन्दा बढी बीमालेख भएमा सबैलाई लिस्ट गर्न सकिने छ ।

आफ्नो बीमालेख प्रोफाइलमा एड गरेपश्चात आफ्नो बीमासँग सम्बन्धित सम्पूर्ण जानकारी एकै ठाउँमा सरल तथा सहज तवरले प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यसका साथै एपमा अन्य सुविधाहरुका रुपमा प्रिमियम हिसाब, बीमा योजनाको जानकारी, शाखा तथा उपशाखाहरुको स्थान तथा सम्पर्क नम्बर तथा यस इन्स्योरेन्सले सार्वजनिक गरेको जानकारी मुलक, तथा मनोरञ्जनात्मक श्रब्य दृश्य सामग्रीहरु पढ्न तथा हेर्न सकिनेछ ।

सूचना प्रविधिमा आएको आमूल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउँदै गर्दा सूचना प्रविधिको विकासक्रम सँगसँगै नेपाल लाइफका विभिन्न सेवा तथा सुविधालाई ग्राहक तथा अभिकर्तासमक्ष सहज, सुरक्षित एवम् प्रभावकारी रुपमा उपलब्ध गराई कम्पनीको डिजिटल रुपान्तरणको लक्ष्य हासिल गर्न यो कदम फलदायी हुने कम्पनीका प्रमुख सूचना प्रविधि अधिकृत शरदचन्द्र प्याकुरेलले बताए ।