९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप : पुलिस क्लबको लगातार दोस्रो जित

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हासिल गरेको छ ।

समूह बी अन्तर्गत मूलपानी मैदानमा सोमबार सम्पन्न खेलमा पुलिसले प्रदेश-१ लाई ७ विकेटले हराएको हो ।

१०३ रनको लक्ष्य पुलिसले १४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । ओपनर सुनिल धमला रनको खाता नखोली आउट भए पनि अर्का ओपनर कुशल भुर्तेल र शङ्कर रानाले पुलिसको जित आधार तय गरेका थिए । यी दुईले दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरे ।

कुशलले २८ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ४२ रन बनाए । अर्का ब्याटर सङ्करले २९ रन बनाए । दिपेन्द्र सिंह ऐरी र रसिद खान क्रमशः १४ र १६ रनमा अविजित रहे । प्रदेश १ का लागि फिरोद अन्सरी र सिद्धान्त लोहनीले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश १ टिम ३५.१ ओभरमा १०२ रनमै अलआउट भएको थियो । पुलिसका लागि ललितनारायण राजवंशी एक्लैले ५ विकेट लिए । उनले १० ओभरमा ३ मेडन राख्दै २६ रन खर्चिए । दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान २ विकेट लिए भने रसिद खानले १ विकेट लिए ।

प्रदेश १ का लागि ओपनर ब्याटरद्धय निरज मुखिया र अङ्कित सुवेदीले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए । निरजले ३७ बलमा २९ रन बनाए भने अङ्कितले ३५ बलमा २४ रन जोडे । बाँकी ४६ रन जोड्दा बाँकी सबै विकेट गुमायो ।

पुलिस २ खेलबाट ४ अङ्कसहित समूह बी को शीर्ष स्थानमा पुगेको छ । पुलिसले यसअघि आइतबार भएको पहिलो खेलमा बागमती प्रदेशमाथि १९२ रनको जित रचेको थियो ।

प्रतिक्रिया दिनुहोस