२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ ८ : यस्ता छन् पर्यटनमन्त्री श्रेष्ठका चुनावी प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार जीवनराम श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई संस्कृति तथा सम्पदाको राजधानीका रूपमा स्थापित गराउने प्रतिबद्धता जनाएका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री समेत रहेको श्रेष्ठले चुनावी प्रतिविद्धतामा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का प्राकृतिक, सांस्कृतिक र मूर्त अमूर्त सम्पदा लाई केन्द्रित गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न नेतृत्वदायी भूमिका खेल्ने उल्लेख गरे । 

विश्व सम्पदा हनुमानढोकादेखि विश्व सम्पदा स्वयम्भूसम्म सम्पदा मार्ग निर्माण कार्य सम्पन्न गर्न पहल गर्ने र काठमाडौँ निर्वाचन क्षेत्र नं ८ भित्रका सांस्कृतिक सम्पदाहरू भएका विभिन्न स्थानहरूलाई क्रमैसँग सम्पदा मार्ग विस्तार गर्दै लैजान पहल गर्ने प्रतिबद्धता समेत उनले जनाए।

नेपाल संवत्‌को इतिहाससँग जोडिएको लखुतिर्थलाई राष्ट्रिय विभूति शंखधर साख्वाको जीवनीसँग जोडेर ऐतिहासिक स्थलको रूपमा विकास गर्न पहल गर्ने, पानीको वैकल्पिक व्यवस्थापनको लागि आकाशे पानी सङ्कलन कार्यलाई अभियानको रूपमा सञ्चालन गर्ने नेता श्रेष्ठको चुनावी प्रतिविद्धतामा उल्लेख छ । 

पर्यटन व्यवसायलाई उद्योगको रूपमा स्थापित गर्न आवश्यक नीति निर्माण गर्ने, खेल पर्यटन विकास गर्ने, एकीकृत बस्तीहरूको विकास गर्ने, नेपाललाई बाह्रै महिना पर्यटकीय गन्तव्य स्थलका रूपमा अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउने, युवाहरूलाई पर्यटन व्यवसायमा आधारित सीपहरूमा दक्ष बनाउन तालिमको व्यवस्था गर्ने र हरेक वडामा रोजगार परामर्श केन्द्र स्थापना गर्ने श्रेष्ठको प्रतिविद्धतामा उल्लेख छ ।

लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सम्झौता गर्ने पवित्र स्थलको रूपमा स्थापित गर्न पहल गर्ने, सात वटै प्रदेशमा रहेका पर्यटकीय दृष्टिकोणबाट महत्त्वपूर्ण स्थलहरूलाई पूर्वाधार विकास गरी पर्यटन केन्द्रको रूपमा स्थापित गर्ने, हनुमानढोका परिसरमा खुला क्षेत्र विस्तार गरी रमणीय स्थल बनाई पर्यटकलाई आकर्षित गर्न पुरानो हनुमान ढोका प्रहरी परिसर कार्यालयको भवन खुला राख्ने, पर्यटकीय र सार्वजनिक स्थलहरूमा सम्पदामैत्री र वातावरणमैत्री स्मार्ट शौचालय निर्माण गर्ने समेत प्रतिविद्धतामा उल्लेख छ ।

साथै  युवाहरूलाई स्वरोजगारको लागि सिपमूलक तालिम प्रशिक्षणको व्यवस्था मिलाउने, मठमन्दिरका गुरु, पुजारी वहा र वहीका प्रमुखहरू र परम्परागत बाजा, नृत्य सिकाउने गुरुहरूलाई प्रोत्साहन गर्ने, पर्यावरण संरक्षणको लागि वृक्षको संरक्षण र वृक्षारोपण जस्ता कार्यहरूलाई अभियानको रूपमा सञ्चालन गर्ने समेत प्रतिवद्धतापत्रमा उल्लेख छ । काठमाडौँ १३ र नागार्जुन नगरपालिका स्थित कर खुसी मनमतीखोलालाई व्यवस्थित गरी ट्राफिक व्यवस्थापन सहज बनाउन करिडोर विकास योजना सञ्चालन गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

पूर्वाधार निर्माणका कार्यहरू अपाङ्गतामैत्री गराउने, सार्वजनिक जग्गा संरक्षण गरी पार्क निर्माण गर्ने कार्यलाई निरन्तरता दिने, डल्लु आवासमा निर्माणाधीन बहुउद्देश्यीय कभर्डहल निर्माण कार्यलाई तदारुकताका साथ सम्पन्न गर्ने, स्थानीय मातृभाषाको विकासको लागि मातृभाषा अध्ययन अध्यापन गर्ने शिक्षण संस्था र विद्यालयहरूलाई आर्थिक अनुदान उपलब्ध गराउने, स्वास्थ्य बिमा कार्यक्रमलाई काठमाडौँमा विस्तार गरी प्रभावकारी कार्यान्वयन गर्न पहल गर्ने, जेष्ठ नागरिक र बालबालिकाहरू घुम्न र खेल्न पार्कहरू निर्माणको लागि पहल गर्ने, मानसिक स्वास्थ्यका लागि परामर्श केन्द्रहरू स्थापना गर्न पहल गर्ने, जेष्ठ नागरिक दिवा सेवा केन्द्रहरू स्थापना गर्न नीति निर्माण र सञ्चालनको लागि पहल गर्ने  प्रतिबद्धता समेत जनाए । 

संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, सुशासन र पारदर्शिताका लागि क्रियाशील हुने तथा भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् । नयाँ संविधानको कार्यान्वयनको क्रममा जनजाति, भाषा, संस्कृति र सम्पदाको लागि पक्षपोषण गर्ने जनपक्षीय कानून निर्माणमा नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता पनि उनले जनाए ।