काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव हारेर आफूले व्यक्तिगत रूपमा केही नगुमाएको बताएका छन्।
थापाले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्। थापा मकवानपुर क्षेत्र नम्बर १ मा पराजित भएका थिए।
व्यक्तिगत रूपमा केही नगुमाए पनि काठमाडौँ जोड्ने सुरुङमार्गलगायतका सपना हार्दा चिन्ता लागेको उनको भनाइ छ।
थापाले ट्विटरमा लेखेका छन्, ‘चुनाव हारेर मैले व्यक्तिगत रूपमा केही गुमाएको छैन। नेपाललाई सर्वधर्म समभावसहितको हिन्दुराष्ट्र बनाउने सपना कमजोर भएकोमा दुःखी छु। हेटौँडालाई राजधानी त बनाएँ। तर, काठमाडौँ जोड्ने सुरुङमार्ग, नयाँ औद्योगिक क्षेत्र, चक्रपथ बनाउने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता छ।’







