२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसिसीको सहयोगमा निर्माण हुने प्रसारण लाइनकालागि बोलपत्र आह्वान

अ+ अ-

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसिसीले प्रसारण लाइन निर्माणका लागि आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ ।

एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो ।

एमसिए नेपालले तीन वटा समूहमा विभाजन गरेर बोलपत्र सार्वजनिक गरेको छ । लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा एक सय १७ किलोमिटर लामो प्रसारण लाइन चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ ।

त्यस्तै, रातमाटे–दमौली ९० किलोमिटर लामो चार सय केभी र न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो र नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको खण्डको कूल १८ किलोमिटर लामो प्रसारण लाइनसमेत यसैमा समेटिएको छ ।

आज सार्वजनिक भएको सूचनाअनुसार आगामी चैत १३ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ । नेपालको प्रसारण प्रणालीको विकास तथा सडक निर्माणका लागि अमेरिकाले अनुदान सहयोग उपलब्ध गराएको छ ।

एमसिसीले कूल ५० करोड डलर र नेपाल सरकारकातर्फबाट १३ करोड डलर सो परियोजनाका लागि उपलब्ध हुनेछ । आयोजना निर्माण आगामी अगस्टदेखि गणना हुने गरी पाँच वर्षे अवधि प्रारम्भ हुनेछ । एमसिसीले पाँच वर्षे अवधिमा सम्पन्न गर्ने गरी परियोजना अगाडि बढाउन लागिएको छ ।

लामो रस्साकस्सीपछि गत फागुनमा नेपाल सरकार र एमसिसीबीच भएको सम्झौता सङ्घीय संसद्ले अनुमोदन गरेको थियो ।