२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधान सेनापति शर्माद्वारा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय भवनको शिलान्यास 

अ+ अ-

काठमाडौँ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणको शिलान्यास गरेका छन् । 

महारथी प्रभुराम शर्माले आज काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं १३ र १४ स्थित पेरुङ्गे डाँडामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणको शिलान्यास गरेका हुन् । 

राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवं रणनीति तर्जुमा, गहन खोज, अनुसन्धान तथा विश्लेषण गरी राष्ट्रिय सुरक्षालाई सुदृढ तथा समसामयिक बनाउन योगदान दिन सक्ने जनशक्ति निर्माण, निजामती सेवा, नेपाली सेना र अन्य सुरक्षा निकायहरूका अधिकृतहरूको राष्ट्रिय सुरक्षा सम्बन्धी उच्च शिक्षाको आवश्यकता परिपूर्ति गर्ने, विभिन्न शैक्षिक कार्यक्रम तथा प्राज्ञिक गतिविधिहरूका माध्यमबाट राष्ट्रिय सुरक्षा सम्बद्ध सञ्जाल विकसित गर्नुका साथै रणनीतिक संस्कारको विकास एवं उच्च स्तरको नागरिक-सैनिक सम्बन्ध विस्तार गर्न सहयोग पुर्‍याउने उद्देश्य अनुरूप २०७६ फाल्गुन १२ गतेको न्त्रिपरिषद्को  निर्णय अनुसार प्रतिरक्षा विश्वविद्यालयको स्थापना गरिएको हो ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्माणको लागि आर्थिक वर्ष २०७६-०७७ मा विनियोजित बजेटबाट २.६ किलोमिटर ग्राभेल सडक, १३८० मिटर पेरिमिटर पर्खाल, १ लाख लिटर क्षमताको पानी ट्याङ्की, डिप बोरिङ्ग, जग्गा विकास र ३ फेज विद्युत् लाइन विस्तार भइसकेको छ

नेपाल सरकारको आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रममा “राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याइने छ” भनी समावेश भएपश्चात् विनियोजित बजेटबाट उक्त विश्वविद्यालयको विद्यार्थी आवास र केन्द्रिय पुस्तकालयको निर्माणका लागि शिलान्यास गरिएको जनाइएको छ ।