२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थतन्त्र सुधारका लागि कृषिमा आधारित औद्योगिकीकरण आवश्यक : सुरेन्द्र पाण्डे

अ+ अ-

काठमाडौँ । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले वर्तमान आर्थिक अवस्थालाई सुधार गर्न कृषिजन्य उत्पादनमा आधारित उद्योग स्थापना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।  

नेपाल कृषि सहकारी केन्द्रीय सङ्घको आयोजना र जिआई जेटको सहयोगमा सुरु भएको २ दिने कार्यशाला गोष्ठीमा बोल्दै पाण्डेले कृषि जन्य उत्पादनलाई उद्योग मार्फत प्रशोधन गरेर बजार पठाउन सके किसानको जीवनस्तरमा सुधार ल्याउन र अर्थतन्त्र सुधारमा सहयोग पुग्ने बताए । 

उनले कृषि तथा पशुपालन क्षेत्रमा विकास भएको प्रविधिलाई नेपालमा पनि प्रयोग गर्न सकिने भन्दै उत्पादन, बजारीकरण र उद्यमशीलताको विकासका गर्नुपर्नेमा जोड दिए ।  राष्ट्रिय आत्मनिर्भरता लागि कृषि र पशुपालनजन्य उत्पादन बढाउनुको विकल्प नरहेको भन्दै पूर्वमन्त्री पाण्डेले किसानका लागि पालिकास्तरबाट सहयोग आवश्यक रहेको बताए ।  

कृषि कार्यका लागि पकेट क्षेत्रको घोषणा र उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्न सके अहिले देखिएको कृषि अनुदानको अनियमितताको अन्त्य गर्न सकिने उनको धारणा थियो ।  अहिले नेपालका अधिकांश किसानहरूले मलको अभावका कारण राम्रो उत्पादन र आम्दानी गर्न नसकिरहेको अवस्थामा यस समस्याको समाधानका विषयमा केन्द्रीय सङ्घले भूमिका खेल्न सक्ने पाण्डेले बताए । 

साना किसान सहकारीहरूले आफ्नै मल उद्योग स्थापना र सञ्चालन गर्नसक्ने भन्दै उनले यसका लागि केन्द्रीय सङ्घको नेतृत्वले सोच्नुपर्ने धारणा राखे ।  पूर्व अर्थमन्त्री पाण्डेले जुन क्षेत्रमा जे सम्भावना छ त्यसको पहिचान गरी सरकारले तोकिएको वालीका लागि किसानहरूलाई अनुदान प्रदान गर्न सक्ने बताए । 

किसानहरूलाई सिप, पुँजी, प्रविधि दिने र उत्पादित वस्तुको बजारको सुनिश्चितता गर्न सक्ने वातावरणका बनाउने नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लि.ले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए । यसैगरी कार्यक्रममा बोल्नुहुँदै नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लि।का अध्यक्ष खेमबहादुर पाठकले कृषिजन्य वस्तुको बजारीकरण अहिलेको प्रमुख समस्या रहेको बताए । प्रविधिको प्रयोग गर्दै कृषिलाई उद्यमसँग जोड्न सके कृषि प्रतिको वर्तमान नकारात्मक सोच बदल्न सहयोग पुग्ने अध्यक्ष पाठकले दाबी गरे । 

अबको केही समयमै ७ सय ५३ वटै पालिकामा कृषि सहकारीहरूको सञ्जालीकरण गर्ने र सहकारीमार्फत उत्पादित वस्तुको बजारीकरणका लागि पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।