११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापाबाट केन्द्र र प्रदेशमा गरी ३२ सांसद

अ+ अ-

काठमाडौँ । झापाबाट प्रतिनिधिसभा र प्रदेशसभामा ३२ जना चुनिएका छन् ।

प्रतिनिधिसभा तर्फ पाँच र प्रदेशसभातर्फ १० वटा निर्वाचन क्षेत्र रहेको झापाबाट दुई वटै तहमा प्रत्यक्ष र समानुपातिक पद्धतिबाट गरी ३२ जना सांसद निर्वाचित भएका हुन् ।

प्रत्यक्ष तर्फ १५ जना सांसद निर्वाचित भएको झापाबाट समानुपातिक तर्फ १७ जना सांसद सिफारिस भएका छन् । समानुपातिकबाट प्रतिनिधिसभामा सात र प्रदेशसभामा १० जना सांसद सिफारिस भएका हुन् ।

नेपाली काँग्रेसबाट प्रतिनिधिसभा तर्फ झापाकी सरिता प्रसाईँ सिफारिस भएकी छन् । एमालेबाट कालुराम राई, सुनीता बराल, हर्कमाया विश्वकर्मा र अमृत राजवंशी समानुपातिक सांसद बनेका छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको समानुपातिक तर्फका १३ सांसदमध्ये झापाबाट इन्दिरा रानामगर र निशा डाँगी गरी दुई जना सिफारिस भएका छन् ।

प्रदेशसभाको समानुपातिकतर्फ पनि काँग्रेस, एमाले र राप्रपाले झापाकै उम्मेदवारलाई प्राथमिकता दिएका छन् । प्रदेश १ मा समानुपातिक तर्फ १५ सिट जितेको एमालेले झापाबाट कमला थापा मगर, तारादेवी ढकाल र नम्बरलाल धिमालको नाम सिफारिस गरेको छ ।

१२ जना समानुपातिक सांसद जितेको काँग्रेसले झापाबाट उद्धव थापा, मोहन महर्जन र लखिकुमारी गणेशको नाम सिफारिस गरेको छ ।

प्रदेशमा समानुपातिक तर्फ ४ सिट जितेको माओवादी केन्द्रले बन्दना झाँगडको नाम सिफारिस गरेको छ । उनी झाँगड समुदायको एक्लो सांसद हुन् ।

राप्रपाले झापाबाट तीन जनाको नाम सिफारिस गरेको छ । प्रदेश १ मा राप्रपाले समानुपातिक तर्फ चार सिट जितेको छ । जसमा निमसरी राजवंशी, अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्माको नाम सिफारिस भएको छ । तीनै जना झापाका हुन् ।

पाँच वटा प्रतिनिधिसभा रहेको झापा १ बाट काँग्रेसका विश्वप्रकाश शर्मा, २ बाट एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । क्षेत्र नम्बर ३ बाट राप्रपाका राजेन्द्र लिङ्देन, झापा ४ बाट एमालेका एलपी सावा र झापा ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

प्रदेशसभा तर्फ झापा १९१० मा काँग्रेसका गोपाल तामाङ, झापा १९२० मा राप्रपाकी सविना बजगाईँ निर्वाचित भए । झापा २९१० मा एमालेका एकराज कार्की, २९२० मा तिलचन पाठक निर्वाचित भए ।

झापा ३९१०मा काँग्रेसका भूमिप्रसाद राजवंशी, ३९२० मा एमालेका छविलाल चुँडाल निर्वाचित भए । झापा ४९१० मा एमालेका राधाकृष्ण खनाल, ४९२०मा राप्रपाका भक्तिप्रसाद सिटौला निर्वाचित भएका छन् । झापा ५९१० बाट हिकमतकुमार कार्की र ५९२०बाट होमबहादुर थापा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस