८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद विकास कोष बन्द गर्न माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय एकता अभियानले सांसद विकास कोष बन्द गर्न सरकारसँग माग गरेको छ । अभियानका अध्यक्ष विनय यादव नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सांसद विकास कोष तत्काल बन्द गर्न माग गरेको हो ।

अभियानले संघीय सांसद र प्रदेश सांसदलाई दिँदै आएको दैनिक भत्ताबाहेक सबैखाले तलब र अन्य सेवा सुविधा तथा सांसद विकास कोष यथाशीघ्र बन्द गर्नुपर्ने माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जनाएको छ ।

आर्थिक मन्दीका कारण जनप्रतिनिधिको सर्वोच्च निकाय संघीय संसद नै भार थेग्न नसक्ने गरी मुलुकको ढुकुटी रित्याउने माध्यम बन्न जाँदा संसदमाथि जनताको भरोसा नै टुट्ने अवस्था आएको भन्दै अभियानले तत्काल सांसद विकास कोष बन्द गर्नुपर्ने जिकिर गरेको छ ।

बैङ्कको ब्याज तिर्न नसकेर थुप्रै व्यापारीहरू डिप्रेसनको सिकार भएर आत्महत्या गर्न बाध्य भएको र कृषि उत्पादनको उचित मूल्य तथा मल नपाएर कृषकहरूमा कृषिप्रति उदासीनता छाएको अवस्था सृजना भएकाले आर्थिक भार कम गर्नेतिर ध्यानदिन पनि अभियानले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस