२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखराको मान्द्रढुंगाबाहेक सबै प्याराग्लाइडिङ जोन बन्द

अ+ अ-

काठमाडौँ । सरकारले पोखराको मान्द्रढुंगाबाहेक सबै प्याराग्लाइडिङ जोन बन्द गराएको छ । पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालनसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले मान्द्रेढुंगा प्यालाग्लाइडिङ जोनलाई मात्र कायम राखी अन्य सबै जोन बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ । प्राधिकरणले प्याराग्लाइडिङ व्यवसाय सञ्चालन सम्बन्धमा नेपाल हवाई खेलकुद सङ्घलाई पत्र लेख्दै यस्तो जानकारी गराएको हो ।

प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलले चर्चेको कन्ट्रोल एयर स्पेस मध्ये बढीमा ट्राफिक गतिविधि हुने १० नटिकल माइल भित्र एउटा मात्र प्याराग्लाइडिङ जोन कायम राखी अन्य सबै जोन बन्द गरिएको हो । यस क्षेत्र भित्र कुल ४ वटा प्याराग्लाइडिङ जोन रहेका छन् । अब सराङकोट, तोरेपानी र ताम्गी स्थित प्याराग्लाइडिङ जोन बन्द गरिएको छ ।

यता प्राधिकरणले मान्द्रेढुंगामा भने ११ बजेदेखि ३ बजेसम्म मात्र प्याराग्लाइडिङ उडान गर्न सकिने गरी समय तोकेको छ । यो समेत १ महिनाका लागि परीक्षणका रूपमा खुला गरिएको हो । यसबीचमा अब नेपाल हवाई खेलकुद संस्थाले हरेक दिन स्लट र सेड्यूल व्यवस्थापन निर्धारण गरेर मात्र उडान सञ्चालन गर्न पाउने छ । हवाई सुरक्षा सुनिश्चितताका लागि यस्तो निर्णय गर्नु परेको प्राधिकरणको तर्क छ ।

यस्तै विमानस्थलको १० नटिकल माइल क्षेत्र भित्र अनुमति पाएको जोनमा हुने हरेक प्याराग्लाइडिङ उडानमा अब यात्रुलाई बोर्डिङ पास दिनु पर्ने छ । यस्तो बोर्डिङ पास जारी गर्ने जिम्मेवारी नेपाल हवाई खेलकुद संस्थाको हुनेछ ।

संस्थाले हरेक उडानको नियमित गर्ने जिम्मेवारी समेत पाएको छ । उक्त विवरण प्राधिकरणलाई समेत बुझाउनु पर्ने प्राधिकरणको निर्णयमा उल्लेख छ ।