२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारलाई खर्च जुटाउनै मुस्किल 

अ+ अ-

काठमाडौँ । मुलुकको अर्थतन्त्र यतिखेर निकै कमजोर स्थितिबाट गुज्रिरहेको छ । सरकारी राजस्वको स्रोत नराम्रोसँग खुम्चिन पुग्दा पछिल्लो समय सरकारलाई खर्च धान्नै मुस्किल परेको हो । 

मंसिर मसान्तसम्म ३ खर्ब १८ अर्ब रुपैयाँ बराबरको आम्दानी (राजस्व सङ्कलन) गरेकोमा सरकारले सोही अवधिमा यता ४ खर्ब २७ अर्ब रुपैयाँ माथिको खर्च गरेको छ । यस अवधिमा सरकारलाई १ खर्ब ९ अर्बको घाटा लागेको छ ।

यद्यपि सरकारी खर्चको स्रोत व्यवस्थापन अन्य उपकरणहरू आन्तरिक ऋण, विकास ऋणपत्र, वित्त ट्रेजरी, वैदेशिक सहायता, सेयर लिलामी धितो लगायतको कारोबारबाट सरकारले सो अवधिमा ४६ अर्ब २० करोड रुपैयाँ बराबरको स्रोत जुटाएको छ । जसले चालु खाता घाटा अझ बढी हुनबाट जोगाएको छ ।

केन्द्रीय बैङ्कका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा सरकारले आन्तरिक ऋणतर्फ विकास ऋणपत्र शीर्षकमा १० बिलियन अर्थात् १० अर्ब रुपैयाँ, विविध ट्रेजरी बिलहरूबाट ७.५ बिलियन (७ अर्ब ५ करोड) रुपैयाँ उठाएको छ भने यसै अवधिमा वैदेशिक आर्थिक सहायतामार्फत २९ बिलियन (२९ अर्ब) सङ्कलन गरेको छ । यस्तै, विविध सेयर लिलामी धितोमार्फत सरकारले सो अवधिमा १५ करोड रुपैयाँ समेत सङ्कलन गरेको राष्ट्र बैङ्कले जनाएको छ ।

केन्द्रीय बैङ्कका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा सरकारी ढुकुटीमा कूल २ खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ सञ्चित रहेको थियो । यही सञ्चितिले अहिले सरकारी खर्च धानिरहेको छ । 

राष्ट्र बैङ्कका सूचना अधिकारी नारायण पोखरका अनुसार यति मौज्दातले शून्य भन्सार भएपनि कम्तिमा २ महिनाको खर्च धान्न पुग्ने उनको अनुमान छ ।

तर, सरकारी ढुकुटी सबल बनाउन सरकारले राजस्वमा मात्र भर नपरेर अन्य गैर राजस्वहरूका स्रोतहरूको समेत खोजी गर्नुपर्ने अर्थविद् डा.चन्द्रमणि अधिकारी बताउँछन् । 

तर, सँगै सरकारले उत्पादनमा केन्द्रित हुँदै पुँजीगत खर्चमा जोड दिनुपर्ने अर्थविद् अधिकारीको भनाइ छ ।