काठमाडौँ । नेकपा एमालेका अध्यक्ष कपी शर्मा ओलीले काँग्रेस अहिले गृह राज्य मन्त्री दिए पनि सरकारमा आउने बताएका छन् ।
बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले सो कुरा बताएका छन् ।
ओलीले भने,’काँग्रेस त गृह राज्य मन्त्री दिए पनि अहिले सरकारमा आउँछ। राष्ट्रपतिमा चाहिँ एमालेकै उम्मेदवार निर्वाचित हुनुहुन्छ।
अध्यक्ष ओलीले सत्ता गठबन्धनमा अहिले कुनै पनि खटपट नभएको दाबी गरे।







