१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन ११ गतेदेखि  हात्तीपाइले रोगविरुद्धको औषधि सेवन कार्यक्रम सुरु गर्दै छ।

स्वास्थ्य मन्त्रालयका अनुसार फागुन ११ गतेबाट झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा औषधि खुवाइनेछ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चुमनलाल दासले प्रभावित जिल्लाका सबैलाई औषधि सेवन गर्न आग्रह गरे। सरकारले हात्तीपाइले रोग निवारणका लागि अभियान चलाउँदै आएको छ।

यी औषधिले हात्तीपाइले रोग लागिसकेकाहरूको उपचार हुनुका साथै रोग लाग्नबाट पनि बचाउँछ। यो औषधि खाली पेटमा खानुहुँदैन। शरीरमा हात्तीपाइले रोगका परजीवी भएका व्यक्तिमा यो औषधि सेवन गरेपछि टाउको दुख्ने‚ वाकवाकी लाग्ने र पेट दुख्ने हुनसक्छ।

ती लक्षण केही घण्टामा आफैँ हराएर जान्छन्। लामो समयसम्म समस्या रहिरहे स्वास्थ्य संस्थामा जानुपर्छ।

पहिलो कुरा हात्तीपाइले रोगका लक्षण नदेखिए पनि रोगका परजीवीहरू शरीरमा हुन सक्छन् र औषधि खाएपछि ती परजीवी मर्छन्। औषधि सेवन गरेमा तपाईँको शरीरमा भएका हात्तीपाइलेका परजीवी अरूमा सर्दैनन्।

यो कार्यक्रम सञ्चालन हुने जिल्लाका यो औषधि खान योग्य सबैले खानुपर्छ। दुई वर्ष उमेर नपुगेका बालबालिकाहरू, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्तिहरू तथा ओछ्यान परेका सिकिस्त बिरामीले यो औषधि खानु हुँदैन।

प्रतिक्रिया दिनुहोस