२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपाका ८० नेता कार्यकर्तालाई कारबाही

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचनमा अन्तर्घात गर्ने ८० जना नेता, कार्यकर्तालाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ ।

यसअघि बसेको केन्द्रीय कार्यकारिणी समितिको निर्णयबमोजिम छानबिन र कारबाही सिफारिस समितिले शनिबार अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाउँदै ८० जना नेता, कार्यकर्तालाई कारबाही गर्न सिफारिस गरेको हो ।

प्रतिवेदन बुझ्दै अध्यक्ष यादवले समितिको प्रतिवेदनमाथि केन्द्रीय समिति बैठकमा छलफल हुने र कारबाही प्रक्रिया अघि बढाउने बताए । चुनावमा घात अन्तर्घात गरेको भन्दै जसपामा पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत र कैलालीमा गरी ४८ जना केन्द्रीय कार्यसमिति सदस्यसहित १५२ जना नेता कार्यकर्ताविरुद्ध उजुरी परेको थियो ।

छानबिन समितिका संयोजक थापामगरले ती सबै ठाउँमा पुगेर स्थलगत अध्ययन र बयान लिएर प्रतिवेदन तयार गरिएको बताए । ‘हामीले आरोप लगाउने र लागेका व्यक्ति दुवैको बयान लिएका छौँ, पार्टीका सम्बन्धित तहका पदाधिकारीहरूसँग समेत कुराकानी गरेर तथ्यमा आधारित प्रतिवेदन तयार भएको छ,’ उनले भने, ‘त्यस हिसाबले कुनै न कुनैरुपमा पार्टीलाई अन्तर्घात हुने गरी धोका दिने काम गर्ने ८० जना नेता कार्यकर्तालाई कारबाही गर्नुपर्ने हाम्रो सिफारिस छ ।’

प्रवक्ता मनिष सुमनले समितिले बुझाएको प्रतिवेदनमाथि पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा छलफल गरेर कारबाही प्रक्रियाअघि बढाइने बताए । हाल जसपामा २० सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ भने केन्द्रीय समितिमा पाँच सयभन्दा धेरै सदस्यहरू रहेका छन् ।

गत पुस १८ मा बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता शिवलाल थापामगरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले स्थलगतरुपमा छानबिन गरी शनिबार अध्यक्ष यादवलाई प्रतिवेदन बुझाएको हो ।