७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोस्रो खप्तड-शैलेश्वरि म्याराथन प्रतियोगिता आयोजना गर्दै नेपाली सेना 

अ+ अ-

डोटी । डोटी सिलगढी स्थित नेपाली सेनाको भैरव प्रसाद गणले दोस्रो खप्तड-शैलेश्वरी खुल्ला म्याराथन प्रतियोगिताको आयोजना गर्ने भएको छ । खप्तड क्षेत्रमा २०८० साल जेठ १६ गते शुक्ल पक्ष दशमीमा लाग्ने गङ्गा दशहरा मेलाको अवसरमा खप्तड शैलेश्वरी म्याराथन प्रतियोगिताको आयोजना गर्न लागिएको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले बताए । 

सुदूरपश्चिमका चार जिल्ला डोटी, अछाम, बाजुरा र बझाङको सिमाक्षेत्रमा रहेको भू स्वर्गको उपमाले परिचित खप्तड क्षेत्रमा शुक्ल पक्ष दशमीमा गङ्गा दशहरा मेला लाग्ने गर्दछ सोही अवसरमा खप्तड शैलेश्वरी खुला म्याराथन प्रतियोगिता (पुरुष र महिला) का साथै खप्तडमा भलिबल, देउडा, घोडादौड प्रतियोगिताको आयोजना गरिने प्रमुख सेनानी कार्कीले बताए । 

धार्मिक तथा पर्यटकीय सौन्दर्यले भरिपूर्ण खप्तडलाई म्याराथन प्रतियोगिताका माध्यमले देश विदेशमा चिनाउन उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको समेत गणपति कार्कीको भनाई छ । पुरुष तर्फको म्याराथन प्रतियोगिता खप्तड देखि सिलगढी स्थित शैलेश्वरी मन्दिर सम्म ४२ किलोमिटर रहनेछ भने महिला तर्फको झिंग्राना देखी सिलगढी शैलेश्वरी मन्दिर सम्म २१ किलोमिटर रहने समेत जनाएको छ ।  

प्रतियोगितामा खप्तड-शैलेश्वरि म्याराथन पुरुष तर्फ प्रथम हुनेले १ लाख ५० हजार र महिला तर्फ प्रथम हुनेले ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै पुरुष तर्फ द्धितियले ८० हजार, तृतीयले ५० हजार पाउनेछन् भने महिला तर्फ द्धितियले ३० हजार, तृतीयले २० हजार पाउनुका साथै प्रतियोगितामा सान्तोना देखि दशौँ स्थान सम्म हासिल गर्ने प्रतियोगीलाई पनि पुरस्कारको व्यवस्था रहनुका साथै सहभागी अन्य प्रतियोगिहरुलाई मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको समेत गणले जनाएको छ । 

त्यस्तै भलिबल प्रतियोगिता तर्फ प्रथम हुने लाई ५० हजार, द्धितिय लाई ३० हजार र तृतीयलाई २० हजार पुरस्कार दिइनेछ भने घोडा दौड तर्फ प्रथम हुने लाई ३० हजार, द्धितिय लाई १५ हजार र तृतीयलाई ५ हजार पुरस्कार दिइनुका साथै देउडा प्रतियोगितामा प्रथम हुनेलाई १ लाख पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

नेपाली सेनाले आयोजना गर्न लागिएको विभिन्न प्रतियोगिताहरूमा खप्तड पर्यटन विकास समिति, स्थानीय सरकार, विभिन्न सङ्घ संस्था, उद्योग वाणिज्य सङ्घले सहयोग गर्ने नेपाली सेनाले जनाएको छ । म्याराथन बाहेक सबै प्रतियोगिता गङ्गा दशहरा मेलाभन्दा अगाडी सम्पन्न हुने समेत जनाएको छ । म्याराथन प्रतियोगिता मेलाको भोलिपल्ट जेठ १७ गते हुने जनाएको छ ।   

यस अघि पनि नेपाली सेनाको भैरव प्रसाद गणले व्यवस्थापन गरी प्रथम खप्तड-शैलेश्वरि म्याराथन प्रतियोगिता २०७९ सम्पन्न गरेको थियो । जसमा नेपाली सेनाको भवानी बक्स गण अछाममा कार्यरत अमलदार सुशील कुमार शाही प्रथम भएका थिए । शाहीले २ घण्टा १८ मिनेट ३१ सेकेन्डमा खप्तड त्रिवेणी धाम देखि डोटीको शैलेश्वरी मन्दिर सम्मको ३२ किलोमिटरको दुरी पार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस