काठमाडौँ । उपनिर्वाचनमा सत्तारुढ गठबन्धन विभाजित भएको छ ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी गरी ५ दल एक ठाउँमा उभिएका छन् भने जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले भने उनीहरूलाई साथ दिएका छैनन् ।
५ दलले मङ्गलवार विज्ञप्ति जारी गरी बारा २ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादव, चितवन २ मा काँग्रेसका जितनारायण श्रेष्ठ र तनहुँ १ मा काँग्रेसका गोविन्द भट्टराईलाई समर्थन गर्ने निर्णय गरेका छन् ।
हेर्नुहोस् विज्ञप्ति :








