काठमाडौँ । संसदीय सुनुवाइ समितिमा ७ वटा राजनीतिक दलका सांसद मात्र रहने भएका छन् ।
१५ सदस्यीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाका ३ सदस्य रहने व्यवस्था संघीय संसद संयुक्त कार्यसम्पादन नियमावलीमा छ ।
दलहरूका बीचमा भएको अनौपचारिक सहमतिअनुसार सिट सङ्ख्याका आधारमा दलबाट प्रतिनिधित्व गर्ने सांसद संख्या तय गरिएको हो ।
संघीय संसद सचिवालयका एक अधिकारीका अनुसार हाल प्रतिनिधिसभामा २७२ सांसद छन् ।