२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीमा ज्यान गुमाएकाको बिमा रकममा ठगी गर्ने ६ पक्राउ, मन्त्रालयको गम्भीर ध्यानाकर्षण 

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका परिवारलाई बिमाबापतको रकम उपलब्ध गराइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ परेका छन् । शव ल्याउँदा परिवारले पाउने बिमा रकम मिलाउने भन्दै ठगी गर्ने गिरोहका ६ जना पक्राउ परेका हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सर्लाहीका प्रकाशबहादुर गोले, रवीन्द्र मोक्तान, रूद्रमान गोले, डिकबहादुर मल्ल, विनोदकुमार लामा, र काभ्रेका रामबहादुर तामाङ रहेका छन् । वैदेशिक रोजगारको सिलसिलामा विदेशमा मृत्यु भएका तथा बिदामा आउँदाका बखत मृत्यु भएका नेपालीहरूले प्राप्त गर्ने बिमा बापतको रकम दिलाइदिन्छु भनी मृतकका आफन्तहरूलाई ठगी गर्ने गिरोह पक्राउलाई प्रहरीले पक्राउ गरेको हो ।

मृतकका आफन्तले आफूहरू ठगिएको भन्दै प्रहरीमा उजुरी गरेपछि कार्यालयले अनुसन्धान सुरु गरेको थियो । बिमा बापत प्राप्त हुने रकमको केही रकम मात्र आफन्तलाई दिई बाँकी रकम लिई ठगी गरेको भन्ने उजुरीका आधारमा कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले त्यस्ता कार्यमा संलग्न रहेका व्यक्तिहरूको निगरानी राखी खोजतलास गर्ने क्रममा बिहीबार उनीहरूलाई पक्राउ गरेको हो । 

अभियुक्तहरूले वैदेशिक रोजगारीमा ज्यान गुमाएका व्यक्तिको शव आउने दिन विमानस्थलसम्म पुग्ने र बिमाको रकम उपलब्ध गराइदिने आश्वासन दिने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विमानस्थलमा शव आएपछि ठगी गिरोहका व्यक्तिहरू मृतकका परिवारसँग नजिक भई बिमा रकम दिलाइदिने बहानामा ठगी गरेको पाइएको छ ।

उनीहरूलाई बिहीबार काठमाडौँको गोङ्गबुबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँ पठाइएको छ ।

यसैबिच श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका परिवारलाई बिमाबापतको रकम उपलब्ध गराइदिन्छु भन्दै ठगी गरेको पाइमा जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न भनेको छ । मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेद्वारा जारी विज्ञप्ति बिचौलियाका कारण आफन्तहरूले अनावश्यक झन्झट भोग्नु गरेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस किसिमको पारदर्शी कानुनी व्यवस्थाका बाबजुद पनि केही बिचौलियाको अनावश्यक हस्तक्षेपबाट यस्तो रकम सम्बन्धित श्रमिक तथा निजका आफन्तहरूले नपाएको, बिचौलियाहरूलाई दिनुपरेको, विभिन्न बहनामा बिचौलियाहरूको अप्रत्यक्ष संलग्नता भई चलखेल हुने गरेको र यसबाट श्रमिक तथा निजका आफन्तहरूले  अनावश्यक झन्झट एवम् दुःख व्यहोर्नुपरेको र मर्कामा परेको भन्ने जस्ता खबरहरू प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

मन्त्रालयका अनुसार वैदेशिक रोजगारीका सिलसिलामा मृत्यु हुनेहरूलाई श्रमिक कल्याणबापत ७ लाख रुपैयाँ वैदेशिक रोजगार बोर्डबाट र म्यादी जीवन बिमा गरेबापत १४ लाख रुपैयाँसम्म गरी कूल २१ लाख रुपैयाँ रकम सम्बन्धित श्रमिक वा निजको श्रीमती वा नजिकको एकाघरको नाताको खातामा अनलाइनमार्फत स्वतः स्थानान्तरण गर्ने व्यवस्था छ । यस्तो सुविधा श्रम स्वीकृतिको अवधि समाप्त भएको एक वर्ष भित्र मृत्यु भएमा वा अङ्गभङ्ग भएमा वा अपाङ्ग भएमा प्राप्त गर्न सकिने प्रावधान छ । साथै, श्रम अवधि समाप्त भएको एक वर्षपश्चात् मृतक श्रमिकको लाभग्राही परिवारलाई एकमुष्ट २५ हजार रुपैयाँ वैदेशिक रोजगार बोर्डबाट उपलब्ध गराउने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।