२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ढोरपाटनमा प्याराग्लाइडिङको परीक्षण उडान

अ+ अ-

ढोरपाटन । बागलुङको ढोरपाटनमा प्याराग्लाइडिङको परीक्षण उडान सुरु भएको छ । नेपालको एक मात्र सिकारको केन्द्र ढोरपाटन उपत्यकामा शुक्रबारदेखि प्याराग्लाइडिङको परीक्षण उडान सुरु भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिएर वडा नं ९ मा परीक्षण उडान थालिएको नगरपालिकाले जनाएको छ ।

पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले ढोरपाटनमा प्याराग्लाइडिङ परीक्षण उडान गर्न थालिएको नगरउपप्रमुख धनबहादुर कायतले जानकारी दिए ।

परीक्षण उडानका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु तीन लाख विनियोजन गरेको थियो । उनले ढोरपाटनमा धेरै सम्भावना हुँदाहुँदै पनि पछि परेको भन्दै अब यहाँका सम्भावनाको खोजी र प्रवर्द्धनमा लाग्ने बताए ।

ब्लू स्काई प्याराग्लाइडिङ प्राली पोखराले परीक्षण उडान थालेको उपप्रमुख कायतको भनाइ छ । परीक्षणपछि प्याराग्लाइडिङ प्रालीले प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनेछ । शुक्रबार ढोरपाटनको मसिनधाराबाट उडान गरेर तल्लो चौरमा सफल अवतरण भएको थियो ।

उपप्रमुख कायत भन्छन्, ‘नगरपालिकाले नीति तथा कार्यक्रम बनाउने बेलामै प्याराग्लाइडिङ परीक्षण उडान गर्ने भनी बजेट बनाएको थियो, अहिले दुई दिने परीक्षण उडान गर्न लागिएको हो, अहिलेसम्म सफल उडान भएको छ, उडान सफल नै हुन्छ भन्ने लागेको छ, नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर यहाँ नियमित उडान गर्नेछौँ ।’

प्याराग्लाइडिङ नियमित सञ्चालन हुन थाल्यो भने ढोरपाटन क्षेत्रको मुहार बदलिने र यहाँका स्थानीयको जनजीवनमा परिवर्तन आउने उपप्रमुख कायतको भनाइ छ । अहिले ढोरपाटन पुग्ने सडक अप्ठ्यारो हुँदा समस्या भएको भन्दै सालझण्डी–ढोरपाटन सडक आयोजनलाई तत्काल सडक निर्माण गर्न आग्रह गरिरहेको उनको भनाइ छ ।