२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लायन्स क्लब’ले प्रजातान्त्रिक भूमिका निर्वाह गरेको छ : सभामुख

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले लायन्स क्लबले प्रजातान्त्रिक भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।

‘लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट तीन सय २५ एम नेपाल’को आज प्रथम अधिवेशनमा सभामुख घिमिरेले क्लबले समाजमा स्वास्थ्य, शिक्षा, स्वच्छ वातावरणलगायत विपत्तिमा गरेका भूमिका प्रशंसनीय रहेको बताए ।

उनले भने, ‘विसं २०७२ को भूकम्पमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट तीन सय २५ एम नेपालमार्फत ४५ करोडभन्दा बढी लगानी गरी विभिन्न भवन निर्माण, विद्यार्थीको पठनपाठनमा सहजीकरण गरी शिक्षा क्षेत्रमा ठूलो योगदान भएको छ ।’ लायन्सले त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा आधुनिक ‘टियु लाइन्स ब्लड बैंक’ स्थापना गर्ने नेतृत्व लिएकामा सम्बन्धित निकायले पहल गरी छिट्टै सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ ।

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट तीन सय २५ एम नेपालका डिस्ट्रिक्ट गभर्नर महेन्द्र पौडेलले विश्वमा सात सय ४३ भन्दा बढी डिस्ट्रिक्टमा पहिलो डिस्ट्रिक्ट गभर्नर घोषित भएसँगै जिम्मेवारीलाई आत्मसात् गरेकाले क्लबका कमीकमजोरी पहिचान गरी विश्वमै अब्बलरुपमा स्थापित हुन पहल गर्ने बताए ।

‘लायन्स आफैँमा सेवाका क्षेत्रमा काम गर्दै आएको संस्था हो । त्यसमा पनि तीन सय २५ एमको नारा सहरभन्दा दुर्गम गाउँ केन्द्रित भएर समस्या पहिचान गरी नागरिकले लाभ लिने गरी काम गर्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढेर काम गर्दै आएको छ । विस्तारसँगै विकासमा पनि जानुपर्छ’, उनले भने ।

पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले मानवीय संवेदनशीलतालाई कायम गर्ने क्लबको भावना, मर्मअनुसार विस्तार गर्न जरुरी रहेको बताए । ‘क्लब ‘वी सर्भ’ भन्ने अभियानका साथ अगाडि बढेको स्वयंसेवी संस्था हो । आफ्नो उद्देश्यअनुसार काम गरिरहेको छ । जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने चरितार्थलाई पूरा गरेको छ’, उनले भने ।

लायन्स क्लब काठमाडौँको विशेष सक्रियतामा सञ्चालित कार्यक्रममा २०२३/२४ का उम्मेदवारमा डिस्ट्रिक्ट गर्भनरमा भीमलाल पौड्याल, फस्ट भाइस डिलिस्ट्रक्ट गर्भनरमा चण्डीप्रसाद अर्याल र सेकेन्ड भाइस डिस्ट्रिक्ट गर्भनरमा धनिराम बराललाई ‘यस भोट’ दिएर अधिवेशन सम्पन्न गरिएको छ ।

लायन्सले रक्तदान, विद्यालयका स्टेशनरी, ब्याग तथा ड्रेस वितरण, वृद्धाश्रम तथा बालगृहमा काम गर्दै आइरहेको छ ।