२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी तान्दै मन्त्री

अ+ अ-

काठमाडौं । स्थानीय तहमा कर्मचारी पठाउन गम्भीर समस्या भइरहेको अवस्थामा सरकारकै सात राज्यमन्त्रीले विभिन्न जिल्लाका सात गाउँपालिकाका कार्यकारी अधिकृतलाई सोर्सफोर्स प्रयोग गर्दै बलपूर्वक आफ्नै निजी सचिवालयमा ल्याएका छन् । सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाट नभएर अन्य निकायबाट अधिकृत माग्न पटक–पटक गरेको आग्रह अटेर गर्दै मन्त्रीहरूले कार्यकारी अधिकृतलाई नै सचिवालयमा झिकाएका हुन् ।

कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री दिलमान पाख्रिन, सहरी विकास राज्यमन्त्री छमबहादुर गुरुङ, वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द, गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ, महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्री मोहम्मद जाकिर हुसैन, पशुपक्षी विकास राज्यमन्त्री गोमा कुँवर र सामान्य प्रशासन राज्यमन्त्री वाङ्दी शेर्पाले सामान्य प्रशासनमन्त्री र सचिवलाई दबाब दिएर तहका कर्मचारी तानेका हुन् ।

सामान्य प्रशासन मन्त्रालय कर्मचारी प्रशासन शाखाका अनुसार सहरी विकास राज्यमन्त्री गुरुङले त्रिपुरासुन्दरी गाउँपालिका धादिङका कार्यकारी अधिकृत शैलेन्द्र ढकाललाई, कानुन राज्यमन्त्री पाख्रिनले सत्यवती गाउँपालिका गुल्मीका कार्यकारी विष्णुप्रसाद आचार्यलाई, वाणिज्य राज्यमन्त्री चन्दले दोगडा केदार गाउँपालिका बैतडीका कार्यकारी भानुभक्त भट्टराईलाई, गृह राज्यमन्त्री श्रेष्ठले गंगाजमुना गाउँपालिकाका कार्यकारी विकास डंगोललाई, समाजकल्याण राज्यमन्त्री हुसैनले दालोनी गाउँपालिका मुस्ताङका कार्यकारी जनक रेग्मीलाई, पशुपक्षी विकास राज्यमन्त्री कुँवरले कनकसुन्दरी गाउँपालिका जुम्लाका कार्यकारी विकास शर्मालाई र सामान्य प्रशासन राज्यमन्त्री शेर्पाले कालिञ्चोक गाउँपालिकाका कार्यकारी गणेश तामाङलाई आफ्नो सचिवालयमा ल्याएका छन् ।

अन्य मन्त्रालय तथा निकायमा हजारौं शाखा अधिकृत हुँदाहुँदै गाउँपालिकाकै कार्यकारी अधिकृतलाई आफ्नो निजी सचिवालयमा ल्याएर गाउँपालिकाको कामकाजमा गम्भीर दक्खल पुर्‍याएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments