काठमाडौँ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जेठ ४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिनिधि सभामा हुने प्रश्नोत्तर कार्यक्रम प्रभावकारी बनाउने सहमति भएको छ ।
आइतबार बसेको बैठकमा तीन दिनभित्र विषयगत समितिको बैठक प्रारम्भ गर्ने सहमति भएको हो ।
बैठकमा संयुक्त समिति (संसदीय सुनुवाइ, राज्यका निर्देशक) गठन गर्ने, नीति तथा कार्यक्रम संयुक्त सभामा पेस गर्ने तयारी तथा पोसाक र प्रतीक चिन्हको प्रयोग सम्बन्धमा निर्णय गरेको छ ।
कार्यव्यवस्था परामर्श समितिको आजको बैठकमा माननीयहरूले बजेट निर्माण गर्दा मन्त्रीहरूले सांसदसँग छलफल नगरेको भन्दै गुनासो गरेका थिए ।
सांसदहरूको गुनासो सुनेपछि सभामुख देवराज घिमिरेले सदनमा उठेका विषयमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए ।