काठमाडौँ । प्रतिनिधि सभाको बैठक ११ बजे बस्ने भनिए पनि अझैसम्म सुरु हुन् सकेको छैन ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सांसदहरूले प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ।
प्रधानमन्त्री प्रचण्डसँग सवाल जवाफ गर्न २० जना सांसदले नाम टिपाएका छन्। काँग्रेस, नेकपा (एमाले)का ३र३ जना सांसदले प्रश्न सोध्ने छन् ।
माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, जसपा, लोकपा, जनमत पार्टीका १र१ सांसदले प्रश्न टिपाएका छन्।