१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीले खानेपानी आयोजना बगाउदा ३ करोडको क्षति

अ+ अ-

भोजपुर । बाढीले सभाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना बगाउँदा तीन करोड बराबरको क्षति भएको छ ।

खोलाभन्दा करिब सय मिटर वर रहेको आयोजना स्थलमा बाढी पसेर सम्फवेल, पानी तान्ने मोटर पम्प, ट्रान्सफर्मर, तीन वटा कन्ट्रोल प्यालन, स्टेपलाइजर, चेन पुल्ली, पालेघरलगायतमा क्षति पुरयाउदा तीन करोड बराबरको क्षति भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताए । आयोजना निर्माणस्थल अहिले बगरमा परिणत भएको उनको भनाइ छ ।

‘बाढीले आयोजनास्थल बगाउँदा तीन करोड बराबरको क्षति पुगेको छु, उनले भने, ‘आयोजना रहेको ठाउँमा अहिले खोला बगेको अवस्था छ । आयोजना बगाउँदा स्थानीय पिउनेपानीबाट वञ्चित भएको अवस्था छ । यसलाई पुनः सञ्चालनमा ल्याउन कार्यालयले पहल थालेको छ ।’ निर्माणको अन्तिम चरणमा रहेको आयोजना बाढीले बगाउँदा राज्यलाई ठूलो क्षति पुगेको उनको भनाइ छ ।

आयोजनाको कार्यालयले स्थलगत अनुगमन गरेर उपयुक्त विकल्पको खोजी गर्ने काम भइरहेको प्रमुख सिंहको भनाइ छ । ‘स्थलगतरुपमा हेर्दा आयोजनाको बेहाल अवस्था छ’, उनले भने, ‘अर्को आर्थिक वर्षको सुरुमा हस्तान्तरण गर्ने लक्ष्य थियो । हस्तान्तरणको अन्तिम अवस्थामा बढीले क्षति पुगेको छ । पुनः सञ्चालनको लागि मन्त्रालयलाई आवश्यक जानकारी गराएको छु ।’

आर्थिक वर्ष २०७५/७६ बाट यो योजनाको निर्माण थालिएको हो । कूल अनुमानित रु ११ करोड ११ लाख आठ हजार ९२७ लागतमा निर्माण भइरहेको छ । असार २ गतेराती आएको बाढीले आयोजना बगाएपछि स्थानीय पिउनेपानीबाट वञ्चित भएका छन् । तीन सय ८६ घर परिवारलाई पानी खुवाउने लक्ष्यका साथ निर्माण भइरहेको आयोजनाबाट एक सय ५० घर परिवारले पानी खाँदै आएका थिए ।

दुई सय घरपरिवारमा धारा जडान गरेर पानी वितरणको अन्तिम तयारीमा रहेको अवस्थामा बढीले आयोजना बगाएको निर्माण उपभोक्ता समितिका अध्यक्ष उद्धवराज त्रितालले जानकारी दिए । निर्माणको अन्तिम चरणमा रहेको आयोजना बाढीले बगाएपछि स्थानीयलाई पानीको समस्या थपिएको उनको भनाइ छ । ‘बाढीले आयोजना बगाएपछि समस्या परेको छौँ’, उनले भने, ‘बस्तीमा पानीको हाहाकार भएको छ । आयोजनास्थल बगर बनेको छ । राज्यले यसलाई चाँडो निर्माणमा ध्यान दिन आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस