९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धरान उपमहानगरले ल्यायो १ अर्ब ७१ करोडको बजेट 

अ+ अ-

काठमाडौँ । धरान उपमहानगरले १ अर्ब ७१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। 

आइतबार सम्पन्न नगरसभामा उपप्रमुख अइन्द्रविक्रम बेघाले प्रस्तुत गरेको धरानको बजेटमा खानेपानीलाई प्राथमिकतामा राखिएको उल्लेख छ। धरानमा यसपटक प्रमुख र उपप्रमुख कोषमा पैसा बढाइएको तर वडाहरुको सिलिङ घटाइएको भन्दै वडाध्यक्षहरूले तीव्र असन्तोष प्रकट गरिरहेका थिए। 

त्यही असन्तोषकै कारण बेलैमा सहमति हुन नसक्दा आइतबार अबेर मात्रै धरानको बजेट सार्वजनिक भएको हो। मेयर हर्क साम्पाङले आफ्नो कोषमा धेरै रकम राखेको भन्दै वडाध्यक्षहरूले विरोध जनाउँदै आएका थिए। 

नयाँ आर्थिक वर्षका लागि सार्वजनिक धरानको बजेटमा आन्तरिक राजस्व ४२ करोड ७२ लाख ६ हजार हुने अनुमान गरिएको छ। संघीय सरकारबाट अनुदान ९० करोड २ लाख, प्रदेश सरकारबाट अनुदान ४ करोड १ लाख ९२ हजार, संघीय राजस्व बाँडफाँटबाट २० करोड १३ लाख १२ हजार, प्रदेश राजस्व बाँडफाँटबाट १४ करोड १० लाख ९० हजार प्राप्त हुने अनुमान बजेटमा गरिएको छ। 

वडाहरूलाई २१ करोड रुपैयाँ बजेट विनियोजन हुँदा सहरी योजना तथा भौतिक पूर्वाधारतर्फ ४३ करोड ५१ लाख १५ हजार, शिक्षा युवा तथा खेलकुदतर्फ ४७ करोड १३ लाख, स्वास्थ्य तर्फ ४ करोड ९ लाख, सामाजिक विकास तर्फ २ करोड ८६ लाख, आर्थिक विकासका लागि ३ करोड ४८ लाख ५० हजार, वन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापनका लागि १ करोड २५ लाख, पर्यटनमा १० लाख रुपैयाँ विनियोजन गरिएको छ।

यस्तै सूचना तथा संचारमा २५ लाख ५० हजार, साहित्य कला र संस्कृतिका लागि ५ लाख, अव्यवस्थित बसोबास तथा सुकुमबासी व्यवस्थापनका लागि २३ लाख, कानून तथा न्याय सम्पादनका लागि १० लाख, सार्वजनिक जग्गा र जलाधार संरक्षणका लागि ४५ लाख, राजस्व सुधार तथा संस्थागत क्षमता विकासका लागि २५ लाख रुपैयाँ विनियोजन भएको छ।

आवधिक योजना र कर सूचनालाई भौगोलिक सूचना प्रणालीमा आबद्ध गर्ने अद्यावधिकको कार्यका लागि ३५ लाख बजेट विनियोजन गरेको धरान उपमहानगरपालिकाले प्रमुख कोष, उपप्रमुख कोष, आकस्मिक कोष तथा मर्मत कोषका लागि क्रमशः १ करोड ७५ लाख, ७५ लाख, ५ लाख, २० लाख बजेट विनियोजन भएको छ। 

उपमहानगरपालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक लगायतका अन्य खर्चका लागि ४४ करोड ५९ लाख ५० हजार रकम विनियोजन गरेको छ। धरान उपमहानगरपालिकाले चालू आर्थिक वर्षका लागि १ अर्ब ७१ करोड ७० लाख २० हजार बजेट ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस