काठमाडौँ । नेपालमा आज ६५ औं संसद् दिवस मनाइँदै छ । देशमा संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा हरेक वर्ष संसद् दिवस मनाउने गरिन्छ ।
विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदै छ । नेपालमा वि.सं. २०१६ साल असार १६ गते संसद्को पहिलो बैठक बसेको थियो ।
संसद् दिवसका अवसरमा पूर्वसांसद मञ्च नेपालको आयोजनामा संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभाका सभामुखको प्रमुख कार्यक्रम गरिँदैछ।