११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसानलाई सहयोग गर्न काँग्रेस केन्द्रीय सदस्यलाई एक महिना छुट्टी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय सदस्यहरूलाई एक महिना पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेश भएको छ।

मंगलवारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा सांगठनिक तालिका प्रस्तुत गर्दै महामन्त्री गगनकुमार थापाले केन्द्रीय सदस्यहरूलाई असार महिनामा पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेश गरे।

उनले अरू ११ महिना पार्टी नेता तथा कार्यकर्ताहरू पार्टी काममा लाग्नुपर्ने तालिका पेश गरे। असार महिना किसानको महिना भएको र खेतीको समय भएको भन्दै उनले पार्टी नेता तथा कार्यकर्ताहरूले उक्त महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताए।

त्यस्तै आइपर्न सक्ने प्राकृतिक विपद् सामना गर्नका लागि पनि पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ छ।

उनले भने‚ ‘असार महिना किसानको समय हो। किसानको समस्यामा सहजीकरण गर्नुपर्छ। केन्द्रीय सदस्य साथीहरूले वर्षमा जम्मा एक महिना छुट्टी पाउनुहुन्छ। त्योभन्दा बाहेकको समय कि उहाँहरू अभियानमा हुनुहुन्छ कि विभागमा हुनुहुन्छ। काम गरिरहेको अवस्था बन्छ।’

महामन्त्री थापाले भदौ १५ गतेभित्र सबै विभाग गठन गरिसक्ने र पूर्णता दिइसक्ने कार्ययोजना पेश गरेका छन्। त्यस्तै समितिहरूले पनि भदौ १५ गतेसम्म पूर्णता पाउने प्रस्ताव छ। एक वर्षभित्र ७ लाख नयाँ पार्टी सदस्य बनाउने गरी घरघर जाऔँ, पार्टी सदस्य बनाऔँ अभियान सञ्चालन गरिने उल्लेख छ।

उनले भने‚ ‘समितिहरूले पूर्णता पाउन सकेका छैनन्। भाद्र १५ गतेसम्म पूर्णता पाउनेछन्। साउन २० गतेदेखि २०८१ असार ३१ गतेसम्म घरघर जाऔँ पार्टी सदस्य बनाऔँ भन्ने राष्ट्रिय अभियान शुरु हुनेछ। कम्तिमा ५ लाखदेखि ७ लाख नयाँ पार्टी सदस्य बनाउने उद्देश्यले यो अभियान शुरु गरिनेछ।’

पार्टीका सबै अभिलेख डिजिटलाइज गर्ने र डिजिटल अभिलेख राख्ने पनि उनको प्रस्ताव छ। यसका निम्ति कामहरू भइरहेको पनि महामन्त्री थापाले उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस