६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नापतौलमा अनियमितता गर्ने व्यावसायिक प्रतिष्ठान कारबाहीमा

नापतौलमा अनियमितता गर्ने व्यावसायिक प्रतिष्ठान कारबाहीमा
अ+ अ-

काठमाडौँ । नापतौल यन्त्रको तोकिएको समयमा नवीकरण नगराउने र तौलमा ठगी गर्ने एक हजार चार सय ३६ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई जरिवानासहित कारबाही गरिएको वीरगन्जस्थित गुणस्तर तथा नापतौल कार्यालयले जनाएको छ ।

उक्त कारबाहीमा ठूला आद्यौगिक र व्यावसायिक प्रतिष्ठानदेखि साना व्यवसायीसमेत परेका छन् । वारा, पर्सा, रौतहट, मकवानपुर तथा चितवन कार्यक्षेत्र रहेको सो कार्यालयले आव२०७९/८० मा गरेको विशेष अनुगमन तथा नियमित नापतौल जाँचको क्रममा अनियमितता गर्ने व्यावसायिक संस्था तथा व्यक्तिलाई कारबाही गरेको निमित्त कार्यालय प्रमुख सञ्जीवकुमार ठाकुरले जानकारी दिए ।

सो कार्यालयले उक्त अवधिमा एक हजार तीन सय २४ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको नापतौल यन्त्रको जाँच र नवीकरण गरेको थियो ।

कार्यालयबाट प्राप्त विवरणअनुसार गत आर्थिक वर्षमा पाँच सय ६५ नयाँ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई नापतौल यन्त्रको इजाजतपत्र दिइएको थियो। सो कार्यालयमा तीन हजार तीन सय २५ जना व्यवसायीले नापतौलसम्बन्धी इजाजतपत्र लिएर कार्य गरिरहेको उनले बताए ।

गत आर्थिक वर्षमा नौ सय दुई पम्पको नोजल जाँच, चार सय ३५ भेहिकलको ट्याङ्क जाँच गरिएको, नापतौलसम्बन्धी उपभोक्ता हकहित संरक्षणका लागि एकल अनुगमन ३२ पटक तथा संयुक्त अनुगमन २८ पटक गर्नाका साथै १९ व्यावसायिक प्रतिष्ठान विरुद्ध अभियोगपत्र दायर गरिएको जनाइएको थियो ।साथै कार्यालयले सो अवधिमा विभिन्न शीर्षकबाट रु एक करोड ४० लाख २३ हजार दुई सय ६८ राजस्वसमेत सङ्कलन गरेको पनि बताइएको थियो । कार्यालयले डिजिटल नागरिक वडापत्र तथा डिजिटल गुनासो सुनवाइको व्यवस्था गरेकामा उक्त कार्यको सेवाग्राहीले प्रशंसा थिए ।

प्रतिक्रिया दिनुहोस