२५ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाइटीकामा यात्रुलाई सशस्त्र प्रहरीको सहारा : उपत्यकाका तीन रुटमा नि:शुल्क बस

अ अ+ अ-

काठमाडौँ । तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा आवतजावतमा पर्न सक्ने समस्या कम गर्न सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा नि:शुल्क बस सेवा सञ्चालन गरेको छ ।

चाडपर्वका बेला यात्रुको सहज आवागमनलाई प्राथमिकता दिँदै सशस्त्र प्रहरीले काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्र समेट्ने गरी तीनवटा बस सञ्चालनमा ल्याएको हो । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने बसमा सर्वसाधारणले कुनै शुल्क तिर्नुपर्ने छैन ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने पहिलो बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु क्षेत्रका यात्रुलाई सेवा दिनेछ । यस रुटले उपत्यकाका विभिन्न स्थानमा आवतजावत गर्ने सर्वसाधारणलाई सुविधा पुर्‍याउने अपेक्षा गरिएको छ ।

त्यस्तै, प्रधान कार्यालयबाटै सञ्चालन हुने दोस्रो बस सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै सञ्चालन हुनेछ । यसबाट उपत्यकाका पश्चिमी तथा अन्य क्षेत्रका यात्रुलाई आवतजावतमा सहज हुने विश्वास गरिएको छ ।

भक्तपुरसम्म पुग्ने यात्रुलाई लक्षित गर्दै तेस्रो बसको व्यवस्था गरिएको छ । सशस्त्र प्रहरी बलको स्वयम्भूस्थित प्रधान कार्यालयबाट छुट्ने उक्त बस स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुन: बानेश्वर, कलंकी र स्वयम्भू फर्किनेछ ।

भाइटीकाका दिन आफन्तकहाँ टीका लगाउन जाने तथा अन्य अत्यावश्यक कामले यात्रा गर्नुपर्ने सर्वसाधारणलाई सार्वजनिक सवारीसाधनको अभावले कठिनाइ हुन सक्ने अवस्थालाई ध्यानमा राखेर यो व्यवस्था गरिएको हो ।

चाडपर्वमा यात्रुको चाप र सार्वजनिक यातायातको सीमित उपलब्धताबीच सशस्त्र प्रहरीले सञ्चालन गरेको नि:शुल्क सेवाले विशेषगरी निजी सवारीसाधन नभएका सर्वसाधारणलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

0 Comments