काठमाडौँ । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि मलको मूल्य तोकेको छ । महानगरको मल वितरण व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले सरकारी अनुदानमा प्राप्त हुने मलको मूल्य निर्धारण गरेको हो ।
युरिया मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकिलो १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म, डीएपी मलको मूल्य प्रतिकिलो ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म तोकिएको समितिले जनाएको छ ।
पोखा महानगर कृषि महाशाखाका अनुसार मल बिक्रेताले मलबाहेक उपभोक्ताले प्लास्टिकको मूल्य थप बुझाउनुपर्नेछ ।
महानगरका अनुसार अघिल्लो आर्थिक वर्षमा पोखरामा युरिया, डीएपी र पोटास गरेर १ हजार ९७७ टन मल खपत भएको थियो । जसमध्ये युरिया १ हजार २२१.७५ टन, डीएपी ६६३.८५ टन, पोटास ३९.९५ टन र कृषि चुन २.१ टन खपत भएको महाशाखाले जनाएको छ ।