काठमाडौँ । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल महिला सङ्घ केन्द्रीय कार्यसमितिले रिक्त रहेका ४ जिल्लामा जिल्ला अध्यक्ष मनोनीत गरेको छ ।
ताप्लेजुङमा गीता चौहान, इलाममा भगवती कोइराला, रौतहटमा अञ्जु झा र महोत्तरीमा अनिता शर्मालाई जिल्ला अध्यक्ष मनोनीत गरिएको नेपाल महिला सङ्घले जनाएको छ ।
नेपाल महिला सङ्घकी अध्यक्ष उषा रावत मिश्रले उनीहरूलाई मनोनीत गरेकी हुन् ।