२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यार्थीलाई खुवाइयो जुकाको औषधि 

अ+ अ-

काठमाडौँ । हिमाली जिल्ला हुम्लाको दक्षिणी भेगमा रहेको ताजकोट गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जुकाको औषधि खुवाएको छ । 

गाउँपालिका स्वास्थ्य शाखा र शिक्षा शाखाको आयोजनामा एक हप्ताभर पालिकाभित्र रहेका १५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई जुकाको औषधि खुवाउने कार्य सम्पन्न भएको स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले बताए । 

चारवटा माध्यमिक विद्यालय र ११ वटा आधारभूत विद्यालयमा अध्ययनरत छ वर्षमाथिका आठ सय ८९ छात्रा र सात सय ३४ छात्र गरी एक हजार छ सय २३ जनालाई जुकाको औषधि खुवाइएको हो । दश वर्षमाथिका सात सय ५० किशोरीलाई आइरन चक्की तथा फोलिक एसिड वितरण गरिएको स्वास्थ्य संस्थाका प्रमुख ढकालले बताए । 

यो सिजनमा विद्यार्थीलाई जुकाको कारण लाग्ने रोगबाट बचाउन औषधि खुवाइएको हो । बर्खा लागेपछि फोहर पानी, काँचा फलफूललगायतको प्रयोगले विद्यार्थीलाई जुकाबाट लाग्ने रोग बढी देखिने र त्यसबाट बचाउन पालिकाभित्र रहेका प्रत्येक विद्यालयमा पुगेर औषधि खुवाइएको ढकालले बताए । 

प्रत्येक छ महिनामा जुकाको औषधि खानुपर्ने भएकाले पनि विद्यार्थीलाई स्वास्थ्य शाखाको सहयोगमा औषधि खुवाइएको हो । औषधि खुवाउने कार्यक्रममा विद्यार्थीलाई पोषणसम्बन्धी जनचेतना दिइएको थियो । यसका लागि चार जना स्वास्थ्यकर्मी परिचालन भएका थिए ।