१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्दोलनरत विद्यार्थी भेट्न लुम्बिनीका गृहमन्त्री अस्पतालमा

अ+ अ-

काठमाडौँ। दुई सातादेखि आन्दोलनरत विद्यार्थीहरूलाई भेट्न लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेय भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवा (युसीएमएस) पुगेका छन् ।

अस्पतालमा प्रहरी लगाएर प्रशासनले ज्यादती गरेको भन्दै केही दिनदेखि अस्पतालमा रिले अनसनमा बसेका विद्यार्थीहरूसँग शनिबार भेटेर गृहमन्त्री पाण्डेयले उनीहरूको माग तथा त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् ।

गृहमन्त्रीलाई युसीएमएसका एक विद्यार्थीले भने, ‘कलेजको प्रिन्सिपलले राजीनामा दिनुपर्छ । उहाँलाई कुनै पनि प्रशासनिक पदमा नियुक्त गरिनहुँदैन । हामीलाई रहरले नभई बाध्यताले आन्दोलनमा उत्रिनुपरेको छ । विद्यार्थी तथा चिकित्सकमाथि बल प्रयोग गरियो, तपाई यस क्षेत्रको पनि अभिभावक हुनुहुन्छ, माग सम्बोधनका लागि पहल गरिदिनुहुन हाम्रो आग्रह छ । ’

उनले आफूहरूलाई कक्षामा बस्ने वातावरण बनाउनका लागि पहल गरिदिन गृहमन्त्री पाण्डेयलाई आग्रह गरे । गृहमन्त्री पाण्डेयले नतिजा आउने गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘पहल मात्र होइन नतिजा आउने गरी अगाडि बढ्छौँ । दसैँ लगत्तै पुनः छलफल अघि बढ्छ ।’ विद्यार्थीहरूको माग सम्बोधनका लागि आवश्यक छलफल अघि बढ्ने मन्त्री पाण्डेयको भनाइ छ ।

आन्दोलनरत विद्यार्थीहरूको समूहले कलेजका प्रिन्सिपल प्रा.डा.लक्ष्मी पाठकले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् । विद्यार्थीहरूले प्रिन्सिपल पाठकले विद्यार्थीको अभिभावकत्वको जिम्मेवारी बहन गर्नुको सट्टा आफ्ना माग लिएर गएका विद्यार्थीलाई उल्टै अपमानजनक व्यवहार गर्ने गरेकाले आन्दोलन गर्नुपरेको बताए ।

आन्दोलनका कारण अस्पतालमा उपचार सेवा प्रभावित भएको छ । अहिले कलेजमा अध्ययन तथा उपचार सेवा रोकेर विद्यार्थी तथा इन्टनसीपमा रहेका चिकित्सक दिनहुँ रिले अनसन बसेका छन् ।

प्रतिक्रिया दिनुहोस