१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्यले समयमै धान खरिद गरेपछि किसान खुसी

अ+ अ-

दोधारा चाँदनी । खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बुधबारदेखि किसानका धान खरिद सुरु गरेको छ ।

यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपछि किसान उत्साहित बनेका छन् ।

विगतमा वर्षभन्दा यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेको किसान बताउँछन् । जिल्लास्थित लिमिटेडका शाखा प्रमुख राजु मोक्तानले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि किसानबाट धान खरिद थालिएको बताए । कम्पनीले यस वर्ष जिल्लामा १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको उनले बताए ।

“हामीले गत वर्ष १४ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिए पनि तीन हजार क्विन्टल मात्रै खरिद गरेका थियौँ । यस वर्ष १५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएका छौँ”, मोक्तानले भने, “अहिलेसम्म तीन सय १६ क्विन्टल खरिद गरिसकेका छौँ । किसानको आउने क्रम जारी छ ।” उनले यसपटक सरकारले धानको मूल्य समयमै तोकेको र किसानले पनि राम्रो धान ल्याइराखेकाले लक्ष्यअनुसार खरिद हुने बताए ।

“गत वर्ष लक्ष्यअनुसार धान खरिद गर्न सकिएन यो वर्ष राम्रो धान आएको छ”, मोक्तानले भने, “यस वर्ष धान भित्र्याउने बेलामै खरिद गर्न सुरु भएकाले गत वर्षभन्दा बढी आउँछ ।” कम्पनीले विगतमा जिल्लाका अन्य ठाउँबाट धान खरिदका लागि केन्द्र स्थापना गर्ने गरेको भए पनि यस वर्ष कर्मचारी र भौतिक पूर्वाधारको अभावले महेन्द्रनगरस्थित कार्यालयमा मात्रै खरिद गर्ने जनाएको छ ।

सरकारले विगतमा ढिलो गरी धान खरिद गर्दा आफूहरु विचौलियाको मारमा पर्ने गरेको भन्दै यस वर्ष समयमै खरिद गर्दा खुसी भएको किसान विष्णुदत्त पन्तले बताए । “अघिल्ला वर्षमा सरकारले ढिलो गरी खरिद गर्दा सस्तोमै बिक्री गर्न बाध्य हुन्थ्यौँ”, उनले भने, “हामीलाई भण्डारणको समस्या भएकाले यसपटक सहज भएको छ ।”

सरकारले यस वर्ष तिहारअघि नै धान खरिद गर्दा धेरै सजिलो भएको खुसी रानाले बताइन। “चाडपर्व मनाउन र हिउँदे बाली लगाउन यसपटक राम्रो भयो”, उनले भने । मोटा धानको न्यूनतम समर्थन मूल्य प्रितिक्विन्टल रू. तीन हजार एक सय ९८ र मध्यम धानको प्रतिक्विन्टल रू. तीन हजार तीन सय ६२ तोकिएको छ । कञ्चनपुरमा ४८ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस