काठमाडौँ । सरकारले इन्धनमा लगाइँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ बूढीगण्डकी जलविद्युत आयोजनालाई उपलब्ध गराउने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर आयोजनालाई उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय गरेको हो ।
सरकारकी प्रवक्ता रेखा शर्माले ‘इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बूढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय भएको बताइन्।
सरकारले इन्धनमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर लिने गरेको छ।