काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोग तिहार तथा छठको समयमा पनि खुला रहने भएको छ ।
आयोगका अनुसार केन्द्रीयसँगै प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू आगामी तिहार तथा छठ बिदामा बिहान ११ : ०० बजेदेखि दिउँसो २ : ०० बजेसम्म खुला रहनेछन् ।
यस अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरूमा आकस्मिक अनुगमन समेत गरिने आयोगले जानकारी दिएको छ ।
