२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन गरेको छ ।

मन्त्रालयले दक्ष, प्रतिस्पर्धी सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्नरगराउन समिति गठन गरेको हो ।

यही कात्तिक २३ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग तथा आवश्यकताअनुरूप दक्ष, प्रतिस्पर्धी सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न र गराउनका लागि उक्त समिति (गठन) आदेश २०८० स्वीकृत गर्ने निर्णय गरेको थियो ।

उक्त प्रतिष्ठानमा एक अधिकार सम्पन्न सञ्चालक समिति रहने र प्रतिष्ठानको प्रशासकीय प्रमुखका रूपमा एक जना कार्यकारी निर्देशक रहने व्यवस्था रहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानलाई श्रम बजारको मागबमोजिमको प्रशिक्षणको विषय पहिचान र छनोट गर्ने, पाठ्यक्रम तथा मापदण्ड स्वीकृत गरी लागू गर्ने, प्रतिष्ठानले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रमको सीप परीक्षण, स्तरीकरण तथा प्रमाणीकरण गर्नेरगराउने जिम्मेवारी दिइएको छ ।

साथै बाह्य तालिम प्रदायक संस्थाको दर्ता, आबद्धता, सूचीकरण, अनुगमन निर्देशन र आवश्यक समन्वय तथा नीतिगत व्यवस्था गर्ने, प्रतिष्ठानबाट सञ्चालन हुने प्रशिक्षणलाई अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट मान्यता दिलाउन आवश्यक व्यवस्था मिलाउने, स्वदेशी रोजगारदाता कम्पनी, गन्तव्य मुलुक, तालिम प्रदायक अन्य संस्थासँग समन्वय गरी प्रशिक्षणको आवश्यक व्यवस्था मिलाउनेसम्मको अधिकार प्रतिष्ठानलाई छ ।

यस प्रतिष्ठानबाट आगामी दिनमा छ महिना अवधिसम्मको व्यवसायी र सीपमूलक तालिम सञ्चालन गरिनेछ । यस प्रयोजनका लागि पाठ्यक्रम तयार गर्ने, सीपमूलक तालिम सञ्चालन गर्ने सीपको परीक्षण गर्ने र प्रमाणपत्र जारी गर्ने कार्यसमेत यो प्रतिष्ठानबाट गरिने प्रावधान राखिएको छ ।

मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उल्लेखित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश २०८० राजपत्रमा प्रकाशित गरी लागू गरिने मन्त्रालयले जनाएको छ ।