११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुगुमा नगरबस सञ्चालनबाट स्थानीय हर्षित

अ+ अ-

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले नगरभित्रका नागरिकलाई यातायात सेवामा सहजता दिन दुई वटा नगर बस सञ्चालनमा ल्याएको छ ।

बिहीबारबाट छायाँनाथ रारा नगरपालिकाले आफ्नो नगर क्षेत्र सदरमुकाम गमगढीबाट छाँयानाथ रारा नगरपालिका–१४ बामा गाउँसम्म २२ किलोमिटर दूरीको रुटमा दुई बस सञ्चालनमा ल्याएर सो सेवाको सुरुवात गरेको हो ।

नगरपालिका भित्रका ३४ रुट मध्ये पहिलो चरणमा सदरमुकाम गमगढीबाट आठ वटा रुटमा नगर बसले सेवा दिने नगरपालिकाले जनाएको छ । नगरबस सेवा सञ्चालन गर्न पालिकाले ८४ लाख रुपैयाँमा दुई वटा बस खरिद गरेको छ ।

छाँयानाथ रारा नगरपालिकाको १४ वडाका ८७ बस्ती मध्ये दुई बस्तीमा सडक पुगेको छैन । अन्यमा सडक पुगे पनि स्थानीयले निकै महँगो भाडादरमा यात्रा गर्न बाध्य बनेका थिए । नगर बस सञ्चालनमा ल्याएसँगै चर्को भाडादरको सास्तीबाट केही राहत पुग्ने स्थानीयले बताए ।

यसअछि जिपहरूले गमगढी देखी बाम गाउँ सम्मको एकतर्फी भाडा नै प्रतिव्यक्ति ६ सय रुपैयाँ लिने गरेको स्थानीयले बताए । नगर बसले भाडादर आधा गरेको छ । अब स्थानीयले गमगढी देखी बाम गाउँ सम्मको एकतर्फी यात्रा गर्दा ३०० रुपैयाँ मात्र तिर्नुपर्ने तथा अपाङ्ग भएकाहरूले कार्यविधि अनुसार छुट पाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले जानकारी दिए ।

उनले भने, ‘पालिकाले आफ्नो सेवा मार्फत प्रति व्यक्ति ३ सय र अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकहरूलाई नगरबस सञ्चालन कार्यविधि अनुसार भाडामा छुट दिने व्यवस्था गरेको छ । यसले स्थानीयले खेप्दै आएको यातायात सास्ती कम हुने ठानेका छौं ।’

नगरबस सञ्चालनमा आएसँगै छाँयानाथ रारा नगरपालिका १३ र १४ वडाका सर्वसाधारण हर्षित भएका छन् ।

आफ्नो गाउँबाट सदरमुकाम जान आउजाउको १ हजार २ सय भाडा तिर्दै आएका थिए । नगरबस सञ्चालनमा आएपछि दुई तर्फी यात्रा ६ सयमा गर्न पाउँदा दङ्ग छन् छायाँनाथ –१४ का स्थानीय तिलक बुढा ।

उनले भने, ‘पहिला १ हजार २ भाडा तिर्नुपर्थ्यो,अब ६ सयमा सदरमुकाम आउजाउ गर्न पाइने भयो । यतिमात्रै होइन गाउँमा उत्पादित स्याउ ,तरकारी बेचेर केही आम्दानी भएको रकम बचाएर घर ल्याउन सकिने भयो ।’

अझै नगरपालिकाले भाडामा केही सहुलियतगरे सबैभन्दा बढी स्थानीय महिलालाई राहत हुने धारणा छाँयानाथ –१३ की सरस्वती रावतले राखिन ।

नगरबस सचालनमा आएसँगै मुगु र छिमेकी जिल्ला हुम्ला जिल्लाका स्थानीय समेत लाभान्वित हुने संघीय सांसद ऐन बहादुर शाहीले बताए ।

‘यो सडक खण्ड सदरमुकाम गमगढी र छिमेकी जिल्ला हुम्ला जोड्ने सडक हो । नगरबस सञ्चालनले मुगुका सर्वसाधारण मात्र नभई हुम्ला जिल्लाका स्थानीयले समेत सेवा पाउने भएका छन । छाँयानाथ रारा नगरपालिका स्थानीयलाई नगर यातायात सेवा दिने जिल्लाकै पहिलो स्थानीय तह बनेको छ’ सांसद शाहीले भने ।

नगर प्रमुख विष्णु कुमार भामले आफ्नो चुनावी नारामा नगर बासीलाई सहज यातायात पहुँचका लागि पहल गर्ने प्रतिबद्धता अनुसार काम गरेको बताए ।

पाँच बर्से कार्यकालमा चार वटा नगरबस खरिद गर्ने प्रतिबद्धता अनुसार पहिलो चरणमा दुई वटा बस सञ्चालनमा ल्याएको र अझै २ वटा थप गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस