२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्चले रेशम चौधरीको फाइल मगायो

अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य जितेका फरार अभियुक्त रेशम चौधरीले वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने रिट दरपीठविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै अभियोगसम्बन्धी फाइल मगाएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले कर्तव्य ज्यानसमेतका मुद्दामा फरार अभियुक्त चौधरीका सबै सक्कल फाइल मगाउने आदेश गरेको हो ।

प्रतिनिधिसभा सदस्यमा जितेका चौधरी वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने माग गर्दै वारेसमार्फत नै सर्वोच्च पुगेका छन् । कैलाली क्षेत्र नम्बर १ बाट सांसदमा जितेपछि प्रमाणपत्र लिन उनकी पत्नीलाई पठाएका थिए । जिल्ला निर्वाचन कार्यालयले विजयी प्रतिनिधि नै उपस्थित हुनुपर्ने भन्दै पत्नीलाई प्रमाणपत्र दिएन । त्यसपछि सर्वोच्चमा रिट लिएर जाँदा सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो । त्यसपछि चौधरीले दरपीठविरुद्धको निवेदन सुनिलकुमार चौहानलाई वारेस राखी दर्ता गराएका हुन् ।

रिट दरपिठ गर्दा सर्वोच्चले मुलुकी ऐनअनुसार ज्यान मार्ने उद्योगलगायतका मुद्दामा हाजिर नहुने अभियुक्तको नाममा वारेन्ट जारी गर्नुपर्ने व्यवस्था भएको उल्लेख गरेको छ । मुलुकी ऐन अदालती बस्दोबस्तीको महल ११८ बमोजिम कानुनी प्रक्रियामा अभियुक्त स्वयं समावेश नभएकोले उक्त मुद्दामा वारेसमार्फत रिट दर्ता गर्न नमिल्ने भन्दै सर्वोच्चले दरपीठ गरेको थियो ।

दरपीठविरुद्ध निवेदनमा सोमबार प्रधानन्यायाधीश पराजुलीको इजलासले अभियोग पत्रसमेतका कागजातको प्रमाणित प्रतिलिपि निवेदकसँगै माग गरेको हो । फरार चौधरीले वारेसनामामार्फत उम्मेदवारी दिएपछि कसैले पनि आयोगमा उजुरी गरेको थिएन । २०७२ भदौ २७ मा कैलाली टीकापुरमा थरुहट आन्दोलनका क्रममा एक बालक र नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मीको ज्यान गएको थियो । चौधरीलाई त्यस घटनाका मुख्य अभियुक्त भनी पक्राउ पुर्जी जारी गरिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments