२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालकुमारी घटनाबारे राज्य व्यवस्था समितिले गृहमन्त्रीको जवाफ लिँदै

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले ललितपुरको बालकुमारीमा भएको घटनाको विषयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्दैछ । 

समितिले घटनाका विषयमा गृहमन्त्री श्रेष्ठ जानकारी लिन लागेको हो । अहिले बिहान साढे ८ बजेबाट बस्ने बैठकमा घटनाको विषयमा गृहमन्त्री श्रेष्ठसहित तीन वटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्न लागेको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए । 

‘समितिमा गृहमन्त्रीलाई बोलाएका छौँ, सुरक्षा निकायका प्रमुखहरूलाई पनि बोलाएका छौँ,’ उनले भने, ‘किन त्यस्तो घटना भयो ? प्रहरीले संयमता किन नअपनाएको हो ? र घटनापछि के भइरहेको छ ? छानबिन र जाँचबुझ समितिको भूमिकासम्मका विषयहरूमा छलफल हुन्छ । गृहमन्त्रीबाट जवाफ माग्छौँ ।’

शुक्रबार कोरिया भाषा परीक्षामा आवेदन दिन पाउनुपर्ने भन्दै प्रदर्शनमा उत्रिएका युवाहरूमाथि प्रहरीले अनावश्यक बल प्रयोग गरेको थियो । प्रहरीको कुटपिटबाट दैलेखका २३ वर्षीय सुजन रावतको मृत्यु भयो भने अछामका २२ वर्षीय वीरेन्द्र शाह प्रहरीको गोली प्रहारबाट ज्यान गुमाए । 

घटनापछि गृह प्रशासनको असफलता र लापरबाही छरपष्ट भएको भन्दै चौतर्फी विरोध भइरहेको छ भने केहीले गृहमन्त्री श्रेष्ठको राजीनामा समेत मागि रहेका  छन् । 

घटनापछि गृहले डिआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाए पनि पीडितहरूले न्यायिक छानबिन माग गरेपछि सरकारले पूर्व न्यायाधीशको संयोजकत्वमा छानबिन समिति बनाउने वचन दिएका छन् ।